काठमाडौं । यसै भन्छन् सत्तारुढ नेकपाका बरिष्ठ नेता भीम रावल । दलाल धेरै भए, दलालहरुलाई सिध्याउनका लागि नाथुराम जन्मिनुपर्छ ।
सत्तापक्ष नेकपाभित्रका प्रतिपक्ष हुन रावल । उनले एमसीसीको विरोधमा उभिदा नेकपाले संसदबाट पास गर्ने मनस्थिति बनाइसक्दा निर्णय समेत गर्न सकेन ।
सीके राउत र नेकपावीचको सहमतिलाई मृत्युपत्र भनेर आलोचना गर्ने भीम रावल भारतले लिम्पियाधुरा–लिपुलेक, कालापानी क्षेत्र आफ्नो नक्सामा पारिसक्दा सरकार ट्वाल्ल परेको विषयलाई पनि गम्भीर रुपमा उठाएका छन् । यी त्यस्ता नेता हुन्, जसले देशभक्तिको आवाज बुलन्द रुपमा उठाइरहेका सुनिन्छन् ।
नेकपा नेतृत्वको सरकारले नेकपा माअहोवादी पार्टीमाथि लगाएको प्रतिवन्ध र विप्लवका कार्यकर्ताको व्यापक धरपकडमा पनि असहमति जनाएका छन् । विखण्डनवादीलाई अँगालो मार्ने, विप्लवमाथि दमन गरेर द्वन्द्व निम्त्याएको आरोप लगाउने भीम रावल, बन्दुक अनिवार्य भएको प्रतिक्रिया दिइरहेका छन् ।
सामाजिक सञ्जालमा भीम रावल नेपाली राष्ट्रियता खतरामा परिसकेको बताइरहेका छन् । उनी लेख्छन्– ‘भारत बिखण्डन हुदा धेरै देशमा परिणत हुने लगभग ग्यारेन्टी थियो ।महात्मा गान्धी बरु देश बिखण्डन होस् तर हत्या हिंसा नहोस भन्ने पक्षमा थिए। यत्तिकैमा नाथुराम गोडसेले हतियार उठाए र महात्मा गान्धिको हत्या गरिदिए नाथुराम गोडसेले यदि हतियार
नउठाएको भए अहिले विशाल भारत स्याना स्याना धेरै राज्यमा परिणत हुने थियो बन्दुकको गोलीबाट निस्केको बोलीले कहिले काहीँ कति राम्रो काम गर्नेरहेछ । देश बिखण्डन दलालहरुका लागि नेपालमा पनि दुइचार वटा नाथुराम जन्मिनुपर्छ ।’


