काठमाडौं । नेपाल विज्ञ एसडी मुनी, पूर्वराजदूतहरु श्यामशरण, राकेश सुद, रंजित रेहरुले पहिले नेपाली नेताहरुलाई पर्याप्त धम्क्याए । नक्सा उही हो भनेर नेपालको कालापानीदेखि लिम्पियाधुरासम्मका भूभाग भारतमा गाभेको नक्सा सार्वजनिक गरे । नेपालका प्रधानमन्त्रीले कुरा गर्न खोज्दा भारतीय प्रधानमन्त्रीले बेवास्ता गरे, नेपालले पठाएको कूटनीतिक नोटको जवाफसमे फर्काएनन् ।
अझै भारत सरकार भन्दा पनि भारतका दूतहरु नेपाललाई थर्काएर ठिक पार्ने मानसिकतामा छन् र भन्छन्– नेपालमा भारतविरोधी राष्ट्रवाद चकाइदैछ । आन्दोलन चलिरहेको छ, पहिले आन्दोलन रोकिनुपर्छ । अनि वार्ता र बैठक हुनसक्छ ।
यद्यपि राकेश सुदले छिमेकीहरु नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तानसँगको सम्बन्ध बिग्रन थालेकाले भारतले सतर्क भएर व्यवहार गर्ने सुझाव पनि दिएका छन् ।


