काठमाडौं । प्रधानमन्त्री केपी ओली सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । उनलाई मिर्गोला रोगले च्यापेपछि उनको ज्यादा समय उपचार र आराममै बित्ने गरेको छ ।
प्रधानमन्त्रीले दुई काम– सभामुख चयन गर्ने, एमसीसी सहयोग प्रस्ताव संसदबाट पारित गराएर अमेरिकामा उपचार गर्न हिड्ने तैयारी सुरु भएको स्रोतहरुले बताएका छन् ।
अत्यन्त प्रवल इच्छाशक्ति भएका केपी ओलीको स्वास्थ्यमा सुधार होस्, यो कामना सबैले गरेका छन् । उनी सत्तामा छन् र उनको उपचारमा कुनै बाधा पर्ने पनि देखिदैन । तर, पार्टीका कामबारे राष्ट्रपतिले जानकारी लिन थालेकी छिन् । सरकारले गर्ने नियुक्ती सरुवा बढुवामा पनि राष्ट्रपतिको चाख बढ्दै गएको छ । शायद यहीकारण केपी ओलीले मर्यादाक्रममा तल भए पनि शक्तिको हिसावमा सर्वेसर्वा प्रधानमन्त्री पदमा विद्या भण्डारीलाई तैयार गर्न थालेको हो कि भन्ने भनक चर्चामा छ, यो बिबादका बारेमा कसैले खुलासा गरेका छैनन् ।
यसैवीच रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीका निकट पुगेपछि राष्ट्रपतिकै तर्फबाट उनलाई होच्याउने काम भएको छ । यसबाट पनि राजनीतिभित्रको राजनीति जान्न चाहनेहरु विद्यादेवी भण्डारीमा कार्यकारी प्रधानमन्त्री हुने भोक जागेको छ ।
यता पार्टीको कार्यकारी बनेका प्रचण्डले स्थायी समितिको बैठकमा पेश गरेको राजनीतिक प्रस्तावबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा पार्टी संगठन अन्यौलग्रस्त रुपमा रहेको स्वीकार गरेका छन् । विभिन्न गुटहरु झांगिन थालेको, पार्टीभित्र घात, अन्तघाृत र अराजकता प्रवृक्ति बढिरहेको बताएका छन् ।
आफ्नी श्रीमती सीता दाहाल गम्भीर बिमारी भएको अवस्थामा साथ नदिएर छोरीको रेखदेखमा गुरु रामदेवको पतञ्जली पठाएका प्रचण्डले राजनीतिक बृत्तमा रहिरहनु भनेको कुनै पनि बेला प्रधानमन्त्री उपचारका लागि विदेश जाने र त्यसपछि आफू प्रधानमन्त्री हुनकै लागि बसेको आँकलन धेरैले गरेका छन् । बिरामी श्रीमतीलाई श्रीमानको साथ, आत्मबल चाहिने बेलामा प्रचण्ड सत्ता कुरेर बस्नु भनेको गजबकै संयोग हो ।
यसकारण पनि नेकपाभित्र केपी ओलीको उत्तराधिकारी को हो ? भन्ने प्रश्न उठेको छ । यसैवीच पार्टीको केन्द्रीय समितिको बैठक एकचोटी नबसरी २३ गते विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तैयारी सुरु भइसकेको छ । वामदेवलाई राष्ट्रिय सभामा लैजाने कुरा चल्दा प्रधानमन्त्री दिने भए मात्र भनेर शर्त तेस्र्याएपछि ईश्वर पोखरेल, विद्या भण्डारी र प्रचण्डको एक्कैपटक आश्चर्यपूर्ण आँखा देखिएका थिए ।
त्यसै पनि मनलागी निर्णय गरेर र अपराधी र अपराध जति अँगालो मारेर चलेको ओली सरकारका बारेमा नेकपा निकटकै पत्रिका र खासगरी ईश्वर पोखरेल मार्काहरु पोलपोट नीतिमा चलेको भनिरहेका छन् । ईश्वर पोखरेल जसरी पनि प्रधानमन्त्री हुन जस्तोसुकै पासा खेलिरहेका छन्, केपी ओली मौन छन् र उनको निर्णय नै नकेपाको निर्णय हुनेगरेका छन् । अव हेर्नुछ– ओलीको चयनमा को पर्छ ?


