Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चारपञ्च अझै चौबाटोमै

०७ सोमबार , पौष २०७६७ बर्ष अगाडि

काठमाडौं । राप्रपाका कमल थापा, राप्रपा राष्ट्रवादीका डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अझै चौबाटोमै अलमल गरिरहेका छन् । चन्दले त अव टीका लगाइदिने कोही भएन भन्ने आत्ममूल्यांकन गरेर सक्रिय राजनीतिबाट अलग भएँसम्म भनिसकेका छन् ।
कमल थापा, लोहनी र पशुपति शमशेर मिलिसकेका थिए, अधिवेशनमा सहभागी पनि भए र अड्किए । उनीहरुले अलग्गै पार्टी खोलेर सक्रिय भइरहेका छन् ।
आमचुनाव र उप चुनावमा समेत यी दुबै खेमाले कुनै नतिजा निकाल्न सकेनन्, संविधानसभा हुँदा चौथो ठूलो पार्टी बनेर पटक पटक सत्तामासमेत पुगेको राप्रपा यतिबेला कन्तविजोगको स्थितिमा पुगेको छ ।
अझै यिनमा चेत छैन । मिलेर शक्ति बन्न सकिन्छ भन्ने चेत छैन, हामीले के पाउने भन्नेमै अलमल गरिरहेका छन् । कम्युनिष्टलाई हाइसन्चो भएको छ ।