Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मुख्य मन्त्रीको भारत शरणम्

३० सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

बुटवल । ५ नम्बर प्रदेशको नाम के राख्ने, राजनीति कहाँ राख्ने ? यो विवादको टुंगो लगाउन नसकेका मुख्यमन्त्री शंकर पोखरेलले अलिनो पनि नखाउँ, नुनढिकी पनि नफोरुँ भन्ने नीति लिएर सांसदहरुलाई अध्ययन भ्रमणका लागि भारत पठाएका छन् । यथार्थमा मुख्यमन्त्री प्रदेश राजधानी दाङमा राख्न चाहन्छन् । जिल्लैपिच्छे राजधानीको दावी गर्न लगाएर दाङमा प्रदेश राजधानी सारेर राजनीतिक लाभ लिन खोेजेका मुख्यमन्त्री शंकर पोखरेलको दाउपेच कति काम लाग्ला, त्यो त भविष्यले नै बताउला तर बुटवल नै राजधानी हुनुपर्छ भन्ने मत झन झन बाक्लिएर गएपछि मुख्यमन्त्रीले अन्ततः भारतीय शरणमा गएर अभिष्ठ पूरा गर्न खोजेको देखिन्छ ।
संघीयता कतिसम्म असक्षम हुनपुग्यो कि प्रदेशको नाम र प्रदेश राजधानीको निर्णयसमेत भारतले गरिदिनुपर्ने भयो । भारतलाई त हाइसन्चो छ, दासहरु लम्पसार पर्न आइरहुन् र खुट्टा मिचाइरहन पाइयोस्, भारत यही चाहन्थ्यो, यही भइरहेको छ । नेपालका पार्टी नेताहरुमा स्वाभिमान र स्वाधीनताभन्ने कुरा किन यसरी मर्दै गएको होला ?
प्रदेशपति हुने, प्रदेश सभासद बन्ने अनि प्रदेशको नाम र प्रदेश राजधानीको निर्णयसमेत गर्न नसक्ने असक्षमहरुलाई प्रदेशका हर्ताकर्ता बनाउने नेकपाको हाइकमाण्ड पनि कतिसम्म सक्षम रहेछ भन्ने यो अर्को दृष्टान्त हो । यस्तो नेकपाले नेपाली भूमि अतिक्रमणको विषयमा बोल्छ र नेपालको सीमाको सुरक्षा गर्छ भन्नु बेकार हो ।
प्रदेशको नाम र राजधानीको निर्णय भारतमा गायत्री मन्त्र लिएर आएपछि प्राण प्रतिष्ठा गर्नुपर्ने यो कस्तो संघीयता हो ? यो संघीय लोकतान्त्रिक गणतन्त्र हो कि भारतीयतन्त्र भइसकेको हो ? १२ सांसद दिल्ली पुगेका छन् । ५० लाख खर्च गरेर अध्ययन गरियो, ५० लाख डकारे, नाम र राजधानीको सुझाव दिन सकेन अध्ययन समितिले । अव दिल्ली पुगेर फर्केपछि मुख्यमन्त्री शंकर पोखरेलले दाङ नै उपयुक्त हो भनेर किटान गराउन सक्लान् ?
घुमाएर, खुवाएर आफ्नो अभिष्ठ पूरा गराउन सिपालु मुख्यमन्त्रीले दिल्लीको सुझावमा निर्णय गराउनेवाला छन् ।