Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नजर युरेनियमतिर

२३ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । वन माफियाले सिध्याए, पानीमा भारतको हैकम चल्यो, प्राकृतिक सुन्दरतामा माफियाको अतिक्रमण बढ्दै छ, अव युरेनियममा शक्तिराष्ट्रहरुको आँखा प¥यो ।
अमेरिकाको चुनावमा तलमाथि गर्नसक्ने हैसियत राख्ने रुसका राष्ट्रपति पुटिन नेपाल आउने तैयारी सुरु भएको छ । स्रोतहरु भन्छन्– पुसको दोस्रो हप्ता रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले नेपालको भ्रमण गर्नेछन् । चीनका राष्ट्रपति सी चिनफिङपछि रुसका राष्ट्रपति नेपाल आउने भएका हुन् ।
नेपालको चुरे र महाभारत पर्वतमा आणविक हतियार निर्माणका लागि नभइ नहुने युरेनियमको खानी छ । नेपालमा पाइने युरेनियम अहिलेसम्मकै गुणस्तरीय छ भन्ने विज्ञहरुले बताएका छन् । रुस नेपालमा रहेके युरेनियम उत्खनन्, भण्डारण र खरिद गर्ने योजनासहित नेपाल आउन लागेका हुन् । एक मन्त्रीले भनेअनुसार अव नेपालको भाग्य र विकास, सुखी नेपाल खुसी नेपालीको सपना पूरा हुनेछ ।
बंगलादेशले नेपालको ढुंगा लैजान खोज्दा ४० वर्षदेखि रोक्ने भारतले नेपालमा पाइने युरेनियममा रुसको आगमनलाई स्वीकार गर्ला ? रुस, अमेरिका, चीन, भारत सबै आणविक अस्त्रधारी मुलुक हुन् । आणविक प्रतिस्पर्धामा अमेरिकाभन्दा पनि रुस अगाडि छ । नागासाकी र हिरोसिममा जुन आणविक बम खसालियो, त्यो भन्दा सय गुणा बढी शक्तिशाली आणविक अस्त्र रुससँग छ भनिन्छ ।
यसकारण पनि पश्चिमा मुलुकहरुको जुन रणनीतिक प्रवेश नेपालमा भइरहेको छ, त्यो प्रवेशले नेपाल रणनैतिक भूमि त हो नै, अव शक्ति राष्ट्रहरुको आँखा नेपालको युरेनियममा पनि परेको देखिन्छ । शक्तिराष्ट्र प्रमुखहरुले नेपालमा भ्रमण गर्नुपर्छ, प्रश्न के मात्र हो भने नेपालले उनीहरुबाट कसरी लाभ लिने ? कसरी नेपालमा उनीहरुको लगानी भित्र्याउने र नेपालमा रोजगारी सिर्जना गरेर असंलग्न सिद्धान्तसहित नेपालको समुन्नतिमा लाग्ने भन्ने हो । त्यस्तो अक्किल होला र ?