Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तीन नेताको तीन रणनीति

२३ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । आफ्नै पार्टीका युवाहरु सडकमा निस्किएका, प्रतिपक्षीले सीमा अतिक्रमणलाई मुख्य मुद्धा बनाएको र आमजनसाधारणले समेत नेपाली सिमाना भारतको नक्सामा हालिसक्दा पनि चुप्पी साधेर बसेकोमा व्यापक बिरोध भइरहेको सन्दर्भमा भारतसँग कुरा गर्न दूतका रुपमा माधवकुमार नेपाललाई पठाउने निर्णय एकाएक तुहियो । नेकपाको सत्तापक्ष भारतका प्रधानमन्त्रीले समय नदिएको भनिरहेका छन् भने माधव नेपाल पक्ष सरकारले के के तैयारी गरेको छ, बिस्तुतमा नपाएकाले जान नसकेको जिकिर गरिरहेको 
सुनिन्छ । यसैवीच प्रचण्ड ठूलो टोली लिएर चिनियाँ कम्युनिष्ट पार्टीको स्कूलिङमा जाने तैयारी भइरहेको बेलामा प्रधानमन्त्रीको ओलीको एपेन्डिसाइटको अप्रेसन भएको र हप्ताको ३ पल्ट डायलाइसिस गर्नुपर्ने थप समस्या निराकरणका लागि विदेश जाने तैयारी सुरु भएपछि एकाएक प्रचण्डले चीन भ्रमण रद्द गरेका छन् । नेकपाबृत्तमा प्रचण्डको चीन भ्रमणको रद्दतालाई रहस्यमय मानेका छन् ।
यद्यपि भारतले सुरक्षा सल्लाहकार अजित डोभलको रणनीतिअनुसार भारतले राजनीतिक नक्सामा पारेका नेपाली भूभागको दावी नगर्ने, नबोल्ने सर्तमा प्रचण्डलाई ३९औं प्रधानमन्त्री बनाउने चलखेल थालेको बताइदैछ । यस रणनीतिमा राजपाको समेत समर्थन भारतले जुटाइदिने भनिन्छ ।
नेपालको ३८७ बर्ग किलोमिटर कालापानी क्षेत्रको र ६० हजार हेक्टर भूमि ७७ ठाउँमा मिच्ने भारतको १९७५ मा सिक्किममा जस्तो खतरनाक खेल मञ्चन हुनथालेकोमा राजनीति बुझ्नेहरु चिन्ता गर्न थालेका छन् ।
सीमा मिचिएको विषयमा आपातकालीन संसद वैठक हुनुपर्ने थियो, संसदको बैठकसमेत कसैले माँग नगर्नु भारतको कतिसम्मको भित्री षडयन्त्र नेपालमा भइरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।