Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्वराजालाई असह्य पीडावोध

२३ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

भैरहवा । बोल्न कम र सुन्न बढी रुचाउने पूर्वराजाको यसपटकको तीर्थयात्रामा राजतन्त्रको बढी नै खोज गरेका छन् । भावुक भएर पूर्वराजाले मुख खोले– मुलुक अप्ठ्यारो स्थितिमा पुगेको देख्दा साह्रै पीडाबोध भइरहेको छ । आमजनता र मुलुकको हित नचाहनेले विभिन्न प्रकारले चलखेल गरिरहेका छन् ।
पूर्वराजाकै शव्दमा ‘पछिल्लो समयमा आसुरी अर्थात् राक्षसी शक्तिको बाहुल्यता बढेको छ, सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ ।  आशा छ, यसप्रकारका आसुरी शक्तिबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ । यसका लागि सबै जागरुक हुनैपर्छ । हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ जहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु ।