Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

श्यामको मुखबाट मोदीको बोली

१६ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

भारतबाट नेपाली लखेट्ने धम्की ।
काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको हो भनेर जानकारीपत्रसम्म दिएको नेपालले प्रधानमन्त्री स्तरमा फोन वार्तासम्म गर्न मोदी तैयार भएनन् । नेपालका प्रधानमन्त्रीसँग कुरा गर्न नचाहने भारतले नेपाली राजदूतलाई के टेथ्र्यो ?
यति नै बेला श्यामशरण भन्ने पूर्व राजदूत मोदीको भाषा आफूले बोल्दै भन्न थालेका छन्– भारतमा ६० देखि ८० लाख नेपाली छन् । २ वर्ष अघि राजनाथ सिंहले लखनौंबाट भनेका थिए– १ करोड भारतीय नेपालमाा छन्, तिनको सुरक्षा हामीले गर्नुपर्छ ।
अर्थात श्यामशरणको भाषाबाट बुझ्न सकिन्छ– भारतले आफ्नो नक्सामा हालिसकेको नेपाली भूभाग फिर्ता गर्न तैयार छैन । भारतकै हो भन्नेमा छ ।
प्रधानमन्त्री बिरामी छन्, उनको आदेशबिना अर्का अध्यक्ष प्रचण्डसमेत पार्टीलाइन तैयार गर्न सक्दैनन् । यो स्थिति भनेको नेकपाको नेतृत्वको नेपाल सरकार हाँसको न कुखुराको चालमा छ । नेपाल अनिश्चित भविष्यतिर जाँदो छ ।
श्यामशरणले लेखेरै भनेका छन्– कालापानी मुद्दामा वार्ता गर्न जरुरी नै छैन । भारत छलफलका लागि अनिच्छुक छ । भारतले यति भनिसकेपछि आपातकालीन रुपमा संसदको आह्वान गर्नुपर्ने हो, सरकार भूभाग बचाउन अझ सक्रिय हुनुपर्ने हो, देशभक्तहरु, कानुनविद, सीमविदहरुसँग सुझाव लिएर सरकारले आफ्नो भूमि फिर्ता गर्न उपाय थालिहाल्नुपर्ने हो । सरकार छ, सिंहदरवारमा छ । राष्ट्रपति छिन्, शितल निवासमा छिन् । भूभाग भारतले खाइसक्यो ।
भर्खर उपनिर्वाचन भयो । यो उपनिर्वाचनमा कहीँ कसैले कालापानी क्षेत्रको मुद्दा उठाएनन् । भारतले यति भनिसकेपछि नेपाली राजनीतिक बर्ग सबैले एक स्वरमा विश्वले सुन्नेगरी नेपाली भूभाग अतिक्रमण भएको विषयमा आवाज उठाउनुपर्ने हो, तर खाँए खावस् भन्ने शैलीमा, कुनै बेला झलनाथ खनालले मित्रतामा अलिकति जमिन खाए खान्छ भन्ने तरिकाले नेकपाको नेतृत्वको सरकार र दुईतिहाइको बहुमत चलेको देखिन्छ ।
यता नेपालीलाई लखेट्ने र उता भौगोलिक ारष्ट्रवादको मुद्दा उठाएर भारतविरुद्ध चर्काे आन्दोलन गर्ने हो भने संकट आउनसक्छ भनेर पनि एसडी मुनी र श्यामशरणले कांग्रेस, नेकपालाई तर्साएका छन् । राजनीतिक संकट हेर्ने कि नेपालको संकट मोचनमा लाग्ने ? अग्निपरीक्षा सुरु भएको छ ठूला राजनीतिक दलहरुलाई । यतिमात्र होइन, सीमा विादमा चीनले चासो राखेको विषयमा पनि भारत आक्रोसित देखिन्छ ।