पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पोखराको सिमलचौरबाट नारा लगाए– विद्या भण्डारी श्री ६, केपी ओली श्री ५, प्रचण्ड श्री ३ महाराजकी जय ।
हुन त कास्कीको चुनावमा पार्टीका उमेदवार खेमराज पौडेलको पक्षमा माहोल तताउन कांग्रेसका ठूला नेता सबै आएका थिए । ६ गतेको चुनावी सभामा गगन थापाले राज्य अधिनायकवादी बन्दै गएको, देश लुट्ने, जनता ठग्ने कानुन ल्याउन लागेको भनेर यस्तो गम्भीर प्रकृतिको नारा लगाएका हुन् ।
यतिसम्म की सभापति देउवाले त केपी ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको आरोप पनि लगाए ।


