काठमाडौं । एसडी मुनी, नेपालविज्ञका रुपमा दिल्लीका सल्लाहकार हुन् र उनी बेला बेलामा नेपालमा अस्थिरता र अराष्ट्रियता उत्पादन गर्ने कारखाना पनि बन्ने गरेका छन् ।
भारतले राजनीतिक नक्साा नेपालको भूभाग पारेर सार्वजनिक गरेपछि नेकपा र नेपाली कांग्रेसका युवाहरु सडकमै छन्, कांग्रेसका सभापतिले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाएका छन् । यी सबै विरोधको स्वरलाई शान्त पार्न र नेकपाको सरकारलाई भारत पक्षको साँचोमा ढाल्न उनै एसडी मुनीले आफ्नो खुनी तरवार नेकपाको घाँटीमा तेस्र्याएका छन् ।
मुनी भन्छन्– नेपाल–भारत सीमा विवादमा भारतविरोधी राष्ट्रवाद नेकपा र केपी ओलीको हितमा छैन ।
एसडी मुनी बाबुराममात्र होइनन्, नेपाली नेताहरुका गुरु मानिन्छन् र बेला बेलामा उनी भारतपक्षको गुरुमन्त्र नेपाली नेताहरुलाई दिन्छन्, यसैगरी तर्साउने गरेका छन् ।
मुनीले लेखेका छन्– प्रधानमन्त्रीले कालापानी क्षेत्रबाट भारतलाई आफ्नो सेना फिर्ता लानेभने पनि नेपाल भारतवीच विवाद उठेको छ । भारतले जारी गरेको नक्सामा कालापानी भारतको हिस्सामा देखिन्छ । यसमासचिव स्तरमा वार्ता गरेर निकास निकाल्ने प्रयास भइरहेको छ, हल्ला गर्नु बेकार छ । भारतसँग आफ्नो भएको कागजात मौजुद छ । यो क्षेत्र कसको हो, प्रमाणले बोल्छ, प्रधानमन्त्रीले बोल्नु उचित थिएन, यस्तो अभिव्यक्तिले समाधान निस्कन कठिन हुनेछ ।
नेपालमा जे भइरहेको छ, भारतविरोधी राष्ट्रवादी धारणा हो । नेकपाले कालापानीको मुद्दा उछाल्नु उचित छैन । न त नकेपाका लागि, न त केपी शर्मा ओलकिा लागि ।
दुवै मुलुकले छलफल गर्नुपर्छ, सतहमा देखिएको महत्वपूर्णके छ भने यस मामिलामा चीनले दख्खल दिइरहेको छ । तेश्रो मुलुकको दख्खल भारतका लागि सह्य छैन । यसबाट नेपालकै नोक्सान निश्चित छ ।
उनले लेखेका छन्– ‘ग्रेटर नेपालको अर्थ हो– प्राचीन नेपाल, अर्थात् त्यो नेपाल जो भौगोलिक रुपमा विस्तृत थियो । यही ग्रेटर नेपाल आज नेपालीहरु माग गर्दैछन् ।’ यो मुद्दालाई चीन र पाकिस्तानले उचालिरहेको छ । यो साकार हुन्न, तर कालापानीको मामिलामा छलफलबाट गर्नुपर्छ ।
यसैवीच मुनीले नेपाल सीमा विवाद, पुरातन सम्बन्ध, दुवै देशको भावी सम्बन्ध लगायतमा नेपालको साथ भारतका लागि जरुरी छ, यो नेपालले कहिले पनि बिर्सनु हुन्न ।
मुनीले के बोले, नेकपा र सरकारको मुखबुजो लाग्यो ।


