Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

२ वर्षमा पहिलो बोल्ड निर्णय

०२ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंसिर १ गते भारतलाई नेपाली भूभागबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेपछि उनको हाइट स्वात्तै बढेको छ । ओलीले नक्सा सच्याएर छाप्दैमा समस्या समाधान हुन्न, यो भूमि फिर्ता लिने कुरा हो । नक्सा प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं ।
प्रधानमन्त्रीले सत्ता सम्हालेको फागुन २ गते २ वर्ष पुग्दैछ । यो अवधिमा सरकारले अनेकन अलोकप्रिय निर्णय गरेको छ । अधिनायकत्व अपनाउने खालको भनक दिएको छ । अपराधीलाई काखी च्यापेर अपराधलाई बढावा पनि दिएकै हो र सुशासन कायम गर्न नसकेर भ्रष्टाचार पनि बढाएकै हो । कमिशनमा आफै डुबेको र माफियाकरणलाई प्रोत्साहन पनि दिएकै हो । विधिको शासनलाई गिज्याउनु गिज्याएर अदालतमा समेत राजनीतिकरण गरेको थियो ।
तर, नेपाली भूमि अतिक्रमण भएको विषयमा सबैले सरकारलाई साथ दिए, युवा पंक्ति त मर्न मार्न तैयार भएर निस्केको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले भारतलाई नेपाली भूमिबाट सेना फिर्ता लैजाउ भनेर सिंगे नेपालको मन जितेका छन्, उनका सय अपराध माफी भएका छन् । अव प्रधानमन्त्रीले सबै अपराधमा कारवाही र सुशासन दिने व्यवस्था मिलाउँदै नेपालको सीमा सुरक्षित राख्ने र भारतीय सेना हटाउन सके भने त्यो उनी अमर हुने काम हुनसक्छ । विश्लेषक, विज्ञहरु भन्छन्– सिंगो नेपाली सरकारको साथमा छ, अहिले नगरे कहिले गर्ने ?