Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जंगी अड्डामा विशेष बहस

२५ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुराका सीमाहरु भारतले मिच्यो, खायो भन्ने बिरोध गर्दै सडकमा नागरिक समाज, राजनीतिक दल, बौद्धिक बर्ग, सर्वसाधारणसमेत बिरोध गर्नथालेपछि नेपाली सेनाले यसबारेमा गोप्य छलफल थालेको छ । यो स्थितिमा नेपाली सेनाले के गर्ने, सरकारले के आदेश दिन्छ, अन्य सुरक्षा निकायले के गरिरहेका छन् भन्ने बारेमा छलफल गरेको छ ।
नेपाल चुक्नु हुन्न, नेपाली सीमा सुरक्षामा कूटनीतिक र सैनिक पहल गर्न सकिन्छ कि सकिन्न भनेर पनि सेनाले छलफल गरेको बताइन्छ । नाकावन्दी हटाउन पनि सेनाले प्रभावकारी भूमिका खेलेको थियो । स्रोत भन्छ– सीम कसरी सुरक्षित राख्न सकिन्छ भन्ने छलफलको प्रमुख एजेण्डा रहेको थियो ।
यद्यपि सेनाले सार्क खेल, उपनिर्वाचनको सुरक्षाका विषयमा छलफलका लागि बोलाएका सुरक्षा निकायसँग मुख्यतः सीमा समस्याकै बारेमा छलफल चलाएको थियो । छलफल नियमित हो तर प्रधानमन्त्री, रक्षामन्त्रीसमेत उपस्थित छलफलमा सीमाका विषयमा रणनीतिक छलफल हुने स्वागतयोग्य कदम हो ।