Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गोर्खा रेजिमेन्टलाई चासो

२५ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । नेपालको सीमा ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भारतले अतिक्रमण गरेको र हालै भारतले आफ्नो राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेकक्षेत्रसमेत समावेश गरेको सन्दर्भमा सिंगो नेपाल आक्रोसित र आन्दोलन भइरहेको छ । यो आन्दोलनको सूचना भारतमा कार्यरत गोर्खा रेजिमेन्टसम्म पनि पुगेको छ । मातृभूमिमाथिको अतिक्रमणलाई यिनले हेरिरहलान् ?
सुगौली सन्धि अघि र पछि
काठमाडौं । १८१६ को सुगौली सन्धिमा नेपालले गुमाएका भूभाग फिर्ता हुनुपर्छ । १९५० को सन्धिको धारा ८ अनुसार ६० हजार बर्गमाइल जमिन भारतले थप अतिक्रमण गरेकाले ती सबै नेपाली भूभाग फिर्ता हुनैपर्छ ।
सुगौली सन्धिपूर्व नेपालको भूभाग पूर्वमा टिस्टा हालको बङ्गलादेश, पश्चिममा सतलज, कागडा कश्मिर सम्म उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा देहरादुन, बिहार, दिल्ली नजिक जमुना नदीसम्म फैलिएको थियो । २ लाख ६० हजारभन्दा बढी भूभागमा नेपाल फैलिएको थियो । त्यसबारे व्यापक चासो उठेको छ ।
अंग्रेजले ६३० राज्यहरु मिलाएर विशाल भारत बनायो । यसमा पाकिस्तान, कश्मिर, बङ्गलादेस, श्रीलंका, हैदरवाद, पन्जाव, राजस्थान, असाम सामेल थिए । तर नेपाल स्वतन्त्र थियो र छ । सुगौली सन्धिपछि नेपालको भूभाग १४७१८१ स्क्वायर मिटर रहेको छ । यसमा पनि भारतले अतिक्रमण गरेर ६० हजार बर्गमाइल जमिन खाइसकेको छ । प्रश्न के पनि छ भने हङकङ चीनले फिर्ता लियो, गोवा भारतले फिर्ता पायो, मकाउ चीनले फिर्ता लियो । नेपालले अतिक्रमित भूभाग फिर्ता पाउन सकेको छैन । उल्टै भारतले दबदबा कायम गरेको छ ।