What is the Indo-Pacific Strategy? It is our broad approach to economic, security & governance engagement in this region. In short, it’s our way of saying that we're committed to this region & that we will always uphold & support a free, fair, & rules-based international order.
Ambassador Randy Berry
@USAmbNepal
नमस्ते । आज म तपाईहरुसँग इण्डो प्यासिफिक नीतिबारे कुरा गर्न चाहन्छु । मलाई थाहा छ, यो तपाईले मिडियामा धेरै सुनिरहनु भएको कुरा हो । यसबारे तपाईहरुले मबाट प्रत्यक्ष सुन्नु महत्वपूर्ण हुनेछ ।
पहिलो कुरा यो एसिया प्रशान्त क्षेत्रमा अमेरिकी नीतिको नाममात्रै हो । यो नीतिले यस क्षेत्र विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहन्छ भन्ने सुनिश्चित गर्नमा हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।
यसमा यस क्षेत्रप्रति प्रतिवद्ध छौं, हामी यहाँ सधैंका लागि छौं । र हामी स्वतन्त्र निष्पक्ष र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सम्मान र समर्थन गर्ने छौं भनी स्पष्ट गर्ने हाम्रो तरिका हो यो ।
दोश्रो न त आवद्ध हुनुपर्ने कुनै क्लव हो यो । न त सही गर्नुपर्नेे कुनै कागजात नै छ यसमा । यो नीतिले हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।
इण्डो प्यासिफिक कुनै नीतिको सम्झौता होइन । न त कुनै संगठन नै, यो न त सन्धि नै हो, न त गठबन्धन नै । यो हाम्रो नीति हो ।
नेपालले सहमति जनाउनु पर्ने वा सामेल हुनुपर्ने केही छैन यसमा ।
तेश्रो, कसैलाई बहिष्कार गर्न बनाइएको नीति होइन यो ।
बरु त्यसमा ठीक पिरित निष्पक्ष, स्वतन्त्र र खुला नियममा आधारित व्यवस्थाको पालना गर्नाले सबै देशले फल्ने फुल्ने र समृद्ध बन्ने समान अवसर पाउनुपर्ने कुरा सुनिश्चितता गर्दछ ।
यस क्षेत्रको धेरै देशहरु माझ सार्वभौमिकताको सम्मान र विधिको शासनमा आधारित सकारात्मक सम्बन्धहरुलाई हामी प्रोत्साहित गर्दछौं ।
अन्ततः र सबैभन्दा महत्वपूर्ण कुरा नेपालसँग अमेरिका सधैं संलग्न हुँदै आएकै र सधैं संलग्न भइरहने तरिका अनुरुप छ यो ।
यसलाई जे नाम दिए तापनि नेपालसँगको ७० वर्ष
भन्दा लामो हाम्रो यो घनिष्ट साझेदारी संलग्नताको यही मर्म अनुरुप रहिआएको छ । उक्त अवधिमा हामीले सँगै धेरै कुरा हासिल गरेका छौं– जस्तो कि २०७२ सालको भूकम्पपछि नेपालको पुननिर्माण र सुदृढिकरणमा युएसएडको साझेदारी, एमसीसी कम्प्याक्ट परियोजना मार्फत प्रस्ताव गरिएका सम्भावना र त्यसमा भएको निरन्तर प्रगति अमेरिकी सरकारको आदानप्रदान कार्यक्रम लगायत अन्तर्गत अध्ययन, तालिम भ्रमण गरेका हजारौं नेपालीहरु, गद्दी बैठकजस्ता चर्चित र ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको पुनस्र्थापना, यस नीति अन्तर्गत हामीले उल्लेख गर्ने मूल्य मान्यता तथा सिद्धान्तहरुलाई मूर्त रुप दिने धेरै उदाहरणमध्ये यी केहीमात्रै हुन् ।
तर यसलाई जे नाम दिए तापनि नेपालप्रतिको हाम्रो प्रतिवद्धता सदैव दृढ रहेको छ र रहिरहनेछ ।
साभार– (इन्डो–प्यासिफिक नीतिको बारे पछिल्ला दिनमा निरन्तर चर्चा सुन्नुभएको छ ? यो के हो, के होइन, र नेपालका लागि यो नीतिको के अर्थ छ भन्ने छोट्करीमा व्याख्या गर्न राजदूत बेरीले यो छोटो भिडियो बनाउनुभएको छ । हाम्रो इन्डो–प्यासिफिक अवधारणालाई यसले प्रष्ट बनाएको छ ।
युएस एम्बेसी, नेपाल)


