Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रचण्ड सिद्धिएँ, ओली दूरी बढेको छैन

११ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । मोरङ पुगेर म मदन भण्डारीको स्थितिमा पुगे, त्यसअघि पूर्वी भ्रमणका बेलामा पार्टी एकता गरेर सिद्धिएँ भनेर गुनासो गर्दै हिंडेका प्रचण्डले असन्तुष्टि पोख्दै हिडेका हुन्, र, विश्लेषकहरुको ठहर थियो– कार्यकारी अध्यक्ष अथवा प्रधानमन्त्री बन्न चाहेको बताएका थिए । प्रचण्डले अर्को जनयुद्ध गर्ने मन छ, अर्को आन्दोनलका लागि सम्पूर्ण ताकत लगाउने फौज चाहियो मात्र भनेका थिएनन्, विप्लवसँग मिलेर विद्रोह गर्ने, नयाँ तरिकाले अघि बढ्नेसम्मको संकेत पनि गरेका थिए ।
यस्तै अभिव्यक्ति दिने सन्दर्भमा पार्टि एकीकरण गर्दा आधा आधा समय सरकार चलाउने सहमति भएको र प्रम अ‍ोलीले पार्टी अध्यक्ष र सरकार पनि नछाड्ने मनस्थिति बनाएको आशंका गरेर प्रचण्डको अभिव्यक्तिहरु आएको थियो । तर असंलग्न राष्ट्रहरुको सम्मेलन, बाकुबाट फर्कने क्रममा प्रधानमन्त्रीले आफूहरुवीच कुनै मतभिन्नता नभएको र दूरी बढ्ने अवस्था पनि छैन, सम्भाबना पनि छैन भनेर बतँएर सबैलाई आश्चर्यमा पारेका छन् ।
नेपाली राजनीतिमा ०६३ सालको जनआन्दोलनको सफलतापछि ओली सरकार निर्माणसम्म किङपिन बनेका प्रचण्ड, ओली सरकारमा गएपछि पार्टी एकीकरणको निर्णयमा पुगे र त्यो निर्णय बुमे¥याङ भएको अनुभूति गरिरहेका छन् । अव हेर्नु छ, केपी ओलीले अवको ६ महिनापछि सरकार प्रचण्डलाई हस्तान्तरण गर्लान् कि पार्टीको कार्यकारी अधिकार देलान् ? यो प्रश्न किन पनि उठेको छ भने नेपाली कांग्रेसको चियापानमा सहभागी हुँदा प्रचण्डले राजनीतिले कोल्टो फेर्नसक्ने सम्मको संकेत गरेका थिए ।