Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सन्दकपुरको नेपालमा एसएसवीको छाउनी

११ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

इलामको सन्दकपुर, पर्यटकका लागि आकर्षक गन्तव्य । ३ महिनापछि पर्यटन वर्ष सुरु हुन्छ, यही स्थानबाट दार्जीलिङलगायतका भारतको सिंगो पश्चिम बंगालको रमणीय दृश्य देखिने सन्दकपुरमा भारतीय सीमा सुरक्षा बल एसएसवीले अतिक्रमण र हस्तक्षेप गरेर घर टहरा बनाउन थालेको छ । भारतले सन्दकपुर गाउँपालिकाले बनाउन थालेको भ्यूटावरमा समेत रोक लगाएको छ । नेपालीले पर्यटन वर्षलाई मध्ये नजर राखेर दशगजा छाडेर नेपाली भूभागमा होटल बनाउन थालेका थिए, बन्दुक तेस्र्याएर आतंक फैलाएको छ । यो क्षेत्रमा रहेका १४६ सीमा स्तम्भमा ७० मात्र बाँकी छन्, बाँकी एसएसवीले उखेलेर फालिदिएका छन् ।