Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रपति सी फर्कनासाथ दलाई लामा सक्रिय

०४ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । चिनिया राष्ट्रपति सी चिनफिङको असोज २५ र २६ गतेको नेपाल भ्रमणबाट नेपालको उचाई बढ्यो भनेर हावादारी खुशी व्यक्त गरिरहेको नेकपाको सरकारको चीनविरोधी क्रियाकलाप देखिएपछि भारोपश्चिमा साजिसको गोटी हुनपुगेको खुलासा भएको छ । यता राष्ट्रपति सी २३ वर्षपछि नेपाल भ्रमण गरेर फर्किए, उता दलाई लामाका प्रतिनिधि लिनछेङ रिम्पोछे नेपाल आएर फ्रि तिब्बतको मुभमेन्टलाई चर्काउन थालेका छन् । यस घटनाले चीनका राष्ट्रपति समक्ष नेपाल सरकारले एक चीन नीतिमा प्रतिवद्ध छौं भनेर दिएको विश्वास खण्डित हुनपुगेको छ । चीनका राष्ट्रपतिले नेकपाका नेताहरुलाई नबिराउ नडराउ, खुरुखुरु काम गर, भ्रष्टाचार नगर, भ्रष्टाचारीलाई कारवाही गर, देश विकासमा लाग भनेर दिएको कूटनीतिक जोल्ट (फापड) सी फर्केको हप्तादिन नबित्दै नेपालका नेताहरु अविश्वसनीय छन् भन्ने प्रमाणित हुनपुगेको छ ।
नेपालको एकचीन नीतिले दलाई लामाका क्रियाकलाप देखेर पनि नदेखेझैं गरेको छ । यसबारेमा चीनका राजदूत हु याकीले परराष्ट्र मन्त्रालयमा असन्तुष्टि जनाइसकेको स्रोतले जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति फर्कनासाथ दलाई लामाका विशेष प्रतिनिधि लिन रिम्पोछे, तासी रातेन गुम्बा, फर्पिङको विशेष कार्यक्रमका लागि आए र उनलाई एयरपोर्ट होटलमा दलाई लामाका अनुयायीहरुले विशेष स्वागत गरेका थिए । त्यसपछि फर्पिङ गुम्बामा दलाई लामाको पूजाप्रार्थना कार्यक्रमपछि विशेष गोप्य बैठक गरेको र स्वयम्भु तथा बौद्ध क्षेत्रमा समेत लिङछ्न रिम्पोछेले दलाई लामाको आशीर्वाद र सन्देश सुनाएर फ्री तिब्बतको अभियानलाई जिवन्तता दिएको बताइन्छ ।
स्मरणी छ, ३८ वर्षका कर्मा  यसअघि ड्रुपछे छिरिङले पनि आत्मदाहको प्रयत्न गरेका थिए । नेदोन ग्याट्सो नाम गरेका युवाले सन २०१३ मा बौद्ध परिसरमै फ्री तिब्बतको नारा लगाएर आत्मदाह गरेका थिए ।
त्यसपछि लामो समय चिनियाँ दूतावासगाडि तिबेतियनहरुले फ्री तिब्बतको नारा लगाएर प्रदर्शन गरेका थिए । राजतन्त्रको अन्तिम समयमा चीनको आग्रहमा लाजिम्पाटस्थित दलाई लामाको दूतावास खाङसार बन्द गरिएको थियो । त्यसपछि निरन्तर रुपमा दलाई लामाका अनुयायीहरुले नेपाली भूमिबाट फ्री तिब्बतको अभियान चलाइरहेका छन् र यो अभियानका लागि इन्टरनेशनल क्याम्पेन फर तिब्बत भन्ने संस्थाबाट व्यापक रुपमा फण्ड प्राप्त हुने गरेको स्रोतले बताएको छ । विज्ञहरुका लागि चीनलाई घेर्ने नीतिकै रुपमा इण्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहमत गराइएको हो । यद्यपि नेपाल चीनको बीआरआई (एक पाटो एक बाटो) को सही गरेको साझेदार हो र राष्ट्रपति सीको नेपाल भ्रमणका बेलामा चीन र नेपालको साझा रणनीति बनेको छ ।
पृथ्वीनारायण शाहको पालादेखि नै नेपाल समदूरीमा विश्वास राख्दै आएको थियो र राजा महेन्द्रले असंलग्न परराष्ट्रनीतिको प्रतिपादन गरेका थिए । त्यही नीति नेपालको असली नीति हो तर ०४६ सालको परिवर्तनपछि नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय सर्वमान्य नीति नै छैन । यसकारण नेपाल समुद्रको जहाजजसरी ढलपल ढलपल गरिरहेको छ । मुखले एउटा कुरा बोल्ने र व्यवहारमा अनेक चर्तिकला देखिने गरेका छन् । बारम्बार नेपालले एक चीन नीति अपनाएको प्रतिवद्धता दुईबिज्रे बन्न पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट र राजधानीको अति कडा सुरक्षालाई चुनँैती दिएर दलाई लामाका प्रतिनिधि नेपालमा छन् र फ्री तिब्बत र दलाई लामाको संगठन बिस्ता, प्रचारमा लागेका छन् । एयरपोर्टमा स्वागत भयो, एयरपोर्ट होटलमा कार्यक्रम भयो, फर्पिङ, स्वयम्भु र बौद्धमा दलाई लामा जिन्दावाद हुँदा पनि सिहदरवार, शितल निवासले नसुन्नु भनेको पश्चिमा प्रभावका सामु नेकपाको सरकार नतमस्तक छ भन्ने घामजत्तिकै छर्लङ्ग विषय हो । यी तस्वीरहरु यसका प्रमाणका रुपमा देखिएका छन् ।
नेपाल एकपटक पुनः चीनका सामु झूठो साबित हुनपुगेको छ । नेपालको प्रतिवद्धता खोक्रो बनेको छ । नेकपा चीनका लागि अविश्वसनीय बन्न पुगेको छ । चीनका राष्ट्रपतिसम्म नेपालको भूमि चीनविरोधी गतिविधिको केन्द्र बन्न थाल्यो भन्ने यो तातो सूचना पुगेपछि चीनका सर्वश्रेष्ठ र सर्वशक्तिमान राष्ट्रपति सी चिनफिङले नेपालका नेता, पार्टी र सरकारबारे कस्तो धारणा बनाउलान् ? के नेपालको एकचीन नीति समाप्त भएकै हो त ?
लोकतान्त्रिक सरकारले लोकको आवाज, अपेक्षा र लोकमतको दुरुपयोग गरेर नेपालमा विदेशी चलखेललाई संरक्षण गर्ने हो भने कदाचित विदेशी रणनीतिक चलखेलका कारण राष्ट्रियता नै जोखिममा पर्न जानेछ । राष्ट्र जोखिममा पार्ने अधिकार लोकतन्त्र नामधारी सरकारलाई जनताले पञ्चाछाप हालेर दिएका छैनन् ।