असोज २५ गते नेपाल आएका राष्ट्रपति सी चिनफिङ चीनमा ४ घण्टामात्र सुत्ने र देशका लागि काम गर्ने रहेछन् । नेपाल आएका बेलामा भोलिपल्ट ८ बजेसम्म कुनै कार्यक्रम नभएकाले त्यतिबेलासम्मको ९–१० घण्टा सुते होलान् ?
सामाजिक सञ्जालमा समाचार आयो– २७ मिनेट पूर्वराजासँग वार्ता गरे । राष्ट्रपतिले नेपालका पुराना मित्रलाई पनि सम्झना गरे । ६ वर्ष अघि राष्ट्रपति बनेका सीले नेपाली नेताहरुलाई पुराना मित्र भनेका होइनन् । त्यसो भए नेपालमा चीनका पुराना मित्र को हुनसक्छन् । राजनीतिभित्रको राजनीति र कूटनीतिका ज्ञाताहरु भन्छन्– चीनको पुरानो मित्र पूर्वराजा नै हुन् । राजसंस्थाका सदस्यहरु नै हुन् । लालकौडी नदिई गएका सीको अभिव्यक्ति र बडी ल्याङ्गेजको अर्थ निकालेर नेताहरु सुध्रिन र नैतिकता देखाउन जरुरी छ ।


