Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चुनावको वाचा बिर्सदा...

२७ सोमबार , आश्विन २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपाका प्रमुख सचेतक देव गुरुङले चुनावको वाचा बिर्सदा नेकपा अलोकप्रिय हुनपुगेको बताएका छन् ।
उनको निष्कर्ष छ– नेपालमा गलत संस्कारको विकास हुँदै गएको छ । पैसाको लागि जे पनि गर्ने प्रकारको दलालीको संस्कार र संस्कृति जसरी बढ्दै छ । त्यो एजेन्सीको संस्कृति हो । एजेन्सीको संस्कृति राज्यका अंगहरूमा हावी भइरहेको छ । यही मुख्य कारण हो, नेपाली राष्ट्रियता कमजोर बन्दै गयो । शक्तिशाली सरकार हुँदा पनि राष्ट्रियताको, स्वाधीनताको पक्षमा अभियान चलाइएन । अझ  न्यायालयजस्तो संस्थालाई समेत सामान्य एनसेलजस्तो बहुराष्ट्रिय कम्पनीले हल्लाइदिएको छ, अपवित्र बनाइदिएको छ । यो भनेको विदेशी पैसाले जे पनि गर्न सक्छ भन्ने खतरनाक सन्देश हो ।
हाम्रो मनस्थिति एनजीओ, आइएनजीओ, विदेशी कम्पनी, विदेशीका लागि दलाली गर्ने बन्दै गएको छ, जुन दुर्गन्धले दुषित बन्दै गएको छ । उनीहरुले निम्तो दिए, उपहार दिए भने दश हात उफ्रने प्रवृत्ति विकास भएको छ । यो देशभक्ति बिर्सेर आत्मसमर्पणवादी बनेको दृष्टान्त हो । स्वाधीनताका लागि स्वाधीनताको आन्दोलन चलाउन जरुरी छ । स्वाधीनताको अभियानले देश बचाउँछ । देश बच्यो भने बाँकी मुद्दाहरुमा हामी जति बिबाद, झगडा गर्न पनि सक्छौं । देशै रहेन भने के मिलाउने, कहाँ राजनीति गर्ने ? जनआशालाई अन्यथा मान्नु गलत हो । हामीले वाचा गरेकै हो, ती वाचा पूरा नहुँदा जनताले प्रश्न गर्छन्, गर्छन् ।
दुई तिहाइ बहुमत आए यो त्यो गर्छौं भनेर आशा देखाउने, अनि सत्तामा पुगे पछि केही नगर्ने, जनता आक्रोसित हुनु स्वभाविक हो । राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ नेता देव गुरुङले नेकपा, सरकारलार्य यसरी सुनाए ।
देव गुरुङले जुन प्रकारको अभिव्यक्ति दिएका छन्, त्यो नेकपाभित्रको कटु सत्य हो र यो सत्यलाई सुधार नगर्ने हो भने चुनावका बेलामा पछुताउनु पर्नेछ ।