काठमाडौं । ¥याण्डीबेरी राजदूत भएर आएपछि नेपाली संस्कृति, संस्कार र नेपाली बालबालिकाको हितका लागि अनेक काम गर्दैछन् । हुन पनि नेपाल र अमेरिकावीच १९४७ मा सम्बन्ध र १९४८ मा दौत्य सम्बन्ध कायम भयो । त्यतिबेला देखिको सम्बन्धमा खासै मनमुटावका घटनाहरु भएका छैनन् ।
यी राजदूत नेपाली दृश्यवलोकनमा रमाउँछन्, इन्द्रजात्रामा पनि पुग्छन् र दूतावासभित्रै नेपाली परम्पराको जगेर्ना पनि गरिरहेका हुन्छन् । यस्तै सिलसिलामा महामहिम राजदूतले बडादशैंको टीका पर्व हाँसीखुशी मनाएका छन् ।
दौरा सुरुवाल, ढाकाटोपीमा डठ्ठिएर र कर्मचारीहरुलार्ई परम्परागत डे«समा सुसज्जित बनाएर यिनले गजबको नेपाली सांस्कृतिक विकास गरेका छन् दूतावासभित्र । मिसनको अभिष्ट जे होला, नेपालीत्वको जगेर्ना प्रशंसनीय छ ।


