Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

२४ वर्षपछि चीनका राष्ट्रपति आउँदै

०६ सोमबार , आश्विन २०७६७ बर्ष अगाडि

काठमाडौं । असोज २७ गते नेपाल आएर एकरात बस्ने र भोलिपल्ट चीन फर्कने कार्यक्रम करिब करिब तय भइसकेको परराष्ट्रस्रोतले बताएको छ ।
पहिले ९ घण्टा भनिएकोमा अलि बढि समय नेपालमा बस्न सक्ने तर नेपालका कुनै ठाउँ पनि राष्ट्रलाई घुमाउने योजना बनिनसकेको उनको भनाइ रहेको छ । कार्यक्रम सफल पार्न चिनियाँ टोली महिना दिनदेखि नेपालमा कार्यरत छ र उनीहरु सुरक्षा प्रवन्धलाई सख्त बनाउने काम गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयले भने यति महत्वपूर्ण भ्रमणका लागि होमवर्क थालेको छैन । केकस्तो एजेण्डा अगाडि सार्ने, चिनियाँ संकेत कुरेर बसेको छ । चीनले यतिबेला नेपालको हिम्मत र हैसियत बढाउने महत्वपूर्ण सहयोग गर्नसक्ने स्थिति छ । तर नेपाल सरकार विज्ञ, विशेषज्ञहरुसँग छलफल थालेको छैन ।
१९९६ मा चियाङ चमिनपछि कुनै शिखर नेता नेपाल आएका छैनन् । पटकपटक भारत, पाकिस्तान, भुटान पुगेका राष्ट्रपति सीजिन पिङलाई नेपाल ल्याउने सबल प्रयत्न पनि भएन ।
२४ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनेवाला छन् । नेपालको आर्थिक पूर्वाधारमा चीनले सघाउन सक्छ, चीनले खोजेको नेपाली भूमि चीनविरुद्ध प्रयोग नहोस्, चीनको बीआरआईमा नेपाल सशक्त रुपले लागोस् भन्नेमात्र छ । नेपालका लागि चीनका यी दुबै प्रस्ताव मृतसञ्जिबनी बुटीजस्ता लाग्छन् । नेपालले स्वत्व बचाउने र आर्थिक विकास गर्ने अति उपयोगी राजमार्ग हुन् चीनका प्रस्ताव ।
नेपालले केरुङ काठमाडौं रेलमार्ग, सुरुङमार्गको कुरा हुनु राम्रो भनिदैछ । जलस्रोतमा समेत सम्झौता हुने लक्ष्यण छ । नेपाल चाइना स्टडी सेन्टरका पदाधिकारी सुन्दरनाथ भट्टराईले सुझाव दिएका छन्– दूरगामी आर्थिक विकासको एजेण्डा अघि सार्नुपर्छ, होइन भने यति महत्वपूर्ण उच्चस्तरीय भ्रमणको उपलव्धि छायाँमा पर्नेछ ।