Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

असोज तीन किन कालो दिन ?

०६ सोमबार , आश्विन २०७६७ बर्ष अगाडि

डा.सुरेन्द्र केसी -
काठमाडौं । संभीयता, समावेशीता, साझेदारी स्वार्थी समूहलाई लक्ष्य गरी संविधान लेखियो । मधेसी, महिला, थारु, अािदवासी, मुस्लिम, दलित छुटे । संविधान आम नेपालीको लागि भएन, संविधान दिवस दिवसजस्तो भएन ।
२ नम्बर प्रदेशमा दुई चारजना प्रहरी, खरदार, सुब्बामात्र देखिए, मन्त्रीले नै संविधान जलाएको भन्ने सुनियो । संविधानको शपथ खाएर र सत्तामा बसेकाले समेत बिरोधी गतिविधिमा लागे, संविधानमा सही गर्ने संवैधानिक समितिका सभापति डा.बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत बिरोधमा देखिए । धेरै अर्थमा ग्राह्य संविधान लेख्ने, जारी गर्नेहरुले नै बदनामी गरेको देखियो ।
संविधान लेख्नेबेलामा देशभरिका नागरिकसँग सुझाव माँगियो, १० लाख सुझावको पोको नै खोलिएन । त्यसमा ९० प्रतिशतले हिन्दुराष्ट्र हुनुपर्छ भनेका थिए, सुझाव खोल्दा हिन्दुराष्ट्र दिनुपर्छ भनेर खोल्दै खोलिएन । धर्मनिरपेक्षताको कसम खाएकाहरुले सिधै धर्मनिरपेक्षता घोषणा गरिदिए । अझ सभासद्हरुलाई त धार्मिक स्वतन्त्रता भन्ने लेखिएको शव्द कसरी धर्मनिरपेक्षता भयो भन्नेसम्म थाहा भएन । कतिलाई चाँडो प्रधानमन्त्री हुनुथियो, राष्ट्रपति, अरु के के हुनुथियो, तिनको स्वार्थ पूरा गर्नका लागि फास्ट ट्य्राकबाट हतार र हतासमा संविधान जारी गरियो । परिणाम सामुन्ने छ ।
संसारकै ठूलो र खर्चिलो संविधानसभाले ६ वर्ष लगाएर संविधान जारी लेख्यो, संविधानले के दियो त ? दलित, मधेसी, महिला, थारु, आदिवासी, मुस्लिम सबै रिसाइराखेका छन् । कसलाई आएको रहेछ यो संविधान ? सरोकारवाला र स्वार्थी समूहले मात्र अपनत्व ग्रहण गरे, आमनागरिक असन्तुष्ट रहे ।
०४७ सालको संविधान उत्कृष्ठ भनियो । अझ अपरिवर्तनीय भनियो । १२ वर्ष नभई सकियो । जो सत्ता र प्रभावको लाभ हासिल गरिरहेका छन्, तिनले हर्षोल्लासका साथ संविधान दिवस मनाए, असन्तुष्टहरुले कालो दिवस मनाए ।
पञ्चायतमा संविधान दिवसमा ह्वीप जारी गरेर सहभागी बनाइन्थ्यो, जागीरले संविधान दिवस मनाउँथ्यो,अहिले पनि ठ्याक्कै त्यही भइरहेको छ ।
राजपाका नेता महन्थ ठाकुर संविधान संशोधन हुन्न भने मधेश अलग देश हुन्छ भनिरहेका छन् । संविधानमा सही गर्ने, लाभ लिने, संशोधन भएन भने देश तोड्छौं भन्न पाइन्छ ? जवाफदेहीता चाहियो । यस्तो स्थिति किन आयो ? पद, प्रतिष्ठा, तक्मा, पुरस्कार, अवसर सप्पै आफैलाईमात्र चाहिने भएपछि असन्तुष्टि त बढ्छ । असन्तुष्टि बढेको छ, संविधानलाई हाम्रो निस्कृय समर्थन छ ।