महाभूकम्पछि प्रचण्डले कर्णप्रिय लाग्ने दुई टुक अभिव्यक्ति दिए।
१. जनताको राहतका लागि ढुकुटी खोलौं।
२. भूकम्पले सबैको दिमाग हल्लाएर गयो, अव संविधान बन्छ।
यति भए पनि प्रचण्डले संकल्प प्रस्तावमा सहमति जनाए र संकल्प पूरा गर्नतिर लाग्नुभन्दा नयाँ सरकार गठन गर्ने माग अघि सार्न थालेका छन्। राहतलाई कम महत्व दिएर राष्ट्रिय सरकार गठनको छलफल अघि बढाएका छन्। कुरो र व्यवहार मिलेन।
यही हो प्रचण्डको स्टेटमेनशीप? प्रचण्डका पुच्छरेहरु पुच्छर हल्लाएर पुननिर्माण फोर्स गठन गर्नुपर्छ भन्न थालेको छन्। एमाओवादीसँग त्यसै पनि फोर्स थियो, फेरि अर्को फोर्स किन चाहियो? कता हराए भाटे, लाठे, वाईसीएल रातेहरु? महाभूकम्प गएपछि उद्धारका लागि जनता कोलाहल गरिरहे, तिनको उद्धारकर्ताका रुपमा भएको फोर्स काम लागेन, नयाँ फोर्सले केचाहिँ देला? सरकार राहत बाँडिरहेको छ, पहुँचवाला लुटिरहेका छन्। सक्कली पीडितले राहत पाउनै पर्ने व्यवस्था मिलाउन प्रचण्डका लडाकाहरु किन परिचालित भएनन्? समय छ, अझै पनि जनताको विश्वास जित्ने प्रचण्डजी, राहत, उद्धार, पुनर्स्थापना र पुनिनिर्माणलाई न्यायोचित बनाउँ। न्यायसंगत रुपमा भूकम्पपीडितले राहत पाउने वातावरण सिर्जना गर्न प्रचण्डको दिमाग ठिक भएको हो भने सम्भव छ। सहमति र सहकार्य अनि संविधान पनि सम्भव छ। संकल्प पूरा भयो र संविधान बन्यो भने मुलुकले एउटा कोर्ष लिन्छ, मुलुक अघि बढ्छ। यसका लागि प्रचण्डजस्ता नेताको दिमाग ठिक हुनुपर्छ। प्रचण्डकै शव्दमा भूकम्पले दिमाग ठिक पारेको छ। त्यसो हो भने आशा गर्न सकिन्छ। तर, प्रचण्ड फेरि उही सरकार फेर्ने सत्ताको फोहरी खेलमा लीन हुन थालेका छन्। भूकम्पले दिमाग ठिक भयो भनेर कसरी मान्ने?
Time for unity
Pushpa Kamal Dahal seems to have regained his senses. “At this time of crisis the political parties are left with nothing except uniting with each other.”
On Sunday, the Unified Maoists Party Chairman visited several villages in the district of Gorkha- close to the epicentre of April 25 devastating earthquake.
He made the remark talking to media men in the district.
“The challenges posed by the earthquake needs to be taken as opportunities,” he said. Easier said than done! He added, “I am confident that the message of the earthquake is unity between the parties and thus the country will also sooner than later get the new constitution. The message of the national tragedy is to exhibit flexibility.”
“Aba sambidhan bancha. Jhagada garne dimag bhukampa le lagyo.”