Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अपर कर्णालीमा राष्ट्रघातको खतरा

२३ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । पुष्पलाल अध्ययन समाज नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले, राष्ट्रिय जागरण परिषद्, माथिल्लो कर्णाली बचाउ अभियान र जनसमाजवादी पार्टी नेपालले जनतामा जागरुकता बढ्दै गएको छ, शासकहरु लोकअपेक्षामा रुपान्तरण हुने विश्वास व्यक्त गर्दै ‘राष्ट्रियताको कसीमा माथिल्लो कर्णाली जलविद्युत् परियोजना’ विषयमा अन्तरक्रिया गरेका छन् । यस कार्यक्रमका आकर्षण थिए– सीपी गजुरेल ।
शासकहरु पराधीन भए, यसैको परिणति हामीले राष्ट्रघात बोक्नु र बेहार्नुपरिरहेको छ भन्ने निष्कर्ष सुनाउँदै गजुरेलले भनेका छन्– अपर कर्णालीमा राष्ट्रघात हुन नदिन सडक आन्दोलन नै जरुरी छ । आवश्यक पर्छ भने यी पराधीनहरुसँग १० वर्ष लड्न तैयार हुनुपर्छ । जनताको चेत खोल्नुपर्छ ।
 नागरिकता अभियन्ता र राष्ट्रवादी आन्दोलनमा होमिएका साध्यबहादुर भण्डारीको मत थियो– सत्तामा पुगेपछि राष्ट्रियताप्रति आँखा चिम्लने प्रवृत्तिलाई शसक्त आन्दोलनबाट जवाफ दिनसक्नुपर्छ । अन्यथा राष्ट्रघात गरेर स्वार्थपूर्ति गर्ने प्रवृत्ति रोकिनेछैन । राष्ट्रियता जोगाउन ठूलै आन्दोलन जरुरी छ । यस्तै मत थियो सीपी मैनालीको पनि । ६ समूहको निष्कर्ष थियो– सत्ताधारीले अपर कर्णााली बेचेरै खाने, विदेशीकै हिल्ला लगाइदिने भयो । यो आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हुनुपर्छ, नेपालको हितमा बन्नुपर्छ ।
सभापतिको आसनमा थिए लोककृष्ण भट्टराई । अन्तरक्रियामा सांसद दुर्गा पौडेल, घनश्याम भुसाल, डम्बर श्रेष्ठ, सुवास काफु्ले, दीपक ज्ञवाली, माथिल्लो कर्णाली वचाउ अभियानका भरत बहादुर शाही, राज बहादुर बुढा, रत्नसंसार श्रेष्ठ,  वोर्ण बहादुर कार्की, रतन भण्डारी सहभागी थिए ।