काठमाडौं । नेपाली राजनीतिको केन्द्रमा यिनै नेताहरु छन् । संविधान जारी गर्ने पनि यिनै हुन्, उल्लंघन गरेर बिधिमाथि राजनीतिकरण गरेर घोडा चढ्ने पनि यिनै हुन् । जनतालाई सपना देखाउने पनि यिनै हुन्, आफ्नै सपना पूरा गर्ने पनि यिनै हुन् । परिवर्तनको जस यिनैले पाए, परिवर्तनको जुस यिनैले चुसे ।
जहाज खरिद होस् कि बालुवाटारको जग्गा काण्ड होस्, सुन प्रकरण होस् कि बलात्कार हत्या र भ्रष्टाचार काण्ड होस्, सिंगो प्रशासन, सुरक्षा निकाय, संवैधानिक अंगमा राजनीतिकरण होस् कि एनसेलको घोटालामा सहभागिता होस्, जता हेरे पनि जवाफदेही यिनै हुन् तर जिम्मेवारी लिदैनन् ।
लोकतन्त्र भन्छन्, नेतातन्त्र चलाउ“छन् । गणतन्त्र भन्छन्– राजनीतिक गन चलाएर बिकृति र बिसंगतिमा लडिबुडी गर्छन् । संविधान दिवस भन्छन्, कर्मचारी बोलाएर सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टी गराउ“छन् । सिंगापुरमा उपचार, दुवईमा आराम, सिंहदरवारमा भ्रष्टाचार, जवाफ दिनै नपर्ने ?


