Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आमाहरुको तीज

१६ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । जेष्ठ महिलाहरुको तीज पो तीज । कति सभ्य कति भव्य । आयोजना थियो मिलिजुली समूहको ।
यो अवसरमा महिला जेष्ठ नागरिकहरू ज्ञानी देवी ढकालसहित भुवनेश्वरी गौतम, मिनु रेग्मी, रमा उपाध्याय, इन्दिरा शर्मा, विणा उपाध्याय, मिठू पोखरेल, बिन्दु अधिकारी, निर्मला देवी अर्याल, कौशल्या देवी अधिकारी, माधुरी देवीलाई सम्मानित गरिएको थियो । सिरहा जिल्लाको भलुवाही पदमपुर घर भइ काठमाडौंमा बस्दै आएका युवाहरूको समूह हो, मिलिजुली समूह । जस्ले सामाजिक क्षेत्रमा विशेष काम गर्दै आएको छ ।
शनिबार राजधानीमा आयोजित तीजको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख अतिथि अन्नपूर्णा शर्मा तथा अतिथि ऋषिकुमार ठाकुरले जेष्ठ महिलाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिन् । यो कार्यक्रममा पूर्व प्रशासक राममणि उपाध्यायले समूहले यस किसिमको काम गरेर गाउँको सम्झना दिलाएको उल्लेख गरे । 
सभापति बनिन्, जेष्ठ नागरिक ज्ञानी देवी ढकाल । यो कार्यक्रममा डा. विमलकुमार शर्मा, अवधेश गौतम, नत्थु बास्कोटा, मनिषा भट्टराई र ममता बास्कोटाले तीज र जेष्ठ नागरिकका बारेमा बोलेका थिए ।