काठमाडौं । संविधान घोषणा गर्न ३ रोकनका लागि नेपाल आएका तत्कालीन विदेश सचिव एस जयशंकरको कुरा नमानेर फास्ट ट्य्राकबाट संविधान घोषणा गरिएको थियो, त्यसपछि ओली प्रधानमन्त्री बने ।
अहिले ओली निर्वाचित प्रधानमन्त्री छन् भने मोदी दोस्रो कार्यकालका लागि विजेता भारत सरकार चलाइरहेका छन् । एस जयशंकर सचिवबाट विदेशमन्त्रीमा पदोन्नति भएका छन् । तिनै जयशंकरले भारतका लागि नेपाली राजदूतलाई ३ महिना भेट दिएनन् । अन्ततः मोदीको आदेशमा उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आए । प्रधानमन्त्री ओलीले विदेशमन्त्रीसँग कूटनीतिक मर्यादाविपरित वान टु वान वार्ता गरेर आगामी संविधान दिवसका दिन मुख्य अतिथि भइदिन भारतका प्रधानमन्त्रीलाई निम्तो पठाएका छन् । यसको खुलासा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका हुन् । सदाmभैं यसपाली पनि पूर्व प्रधानमन्त्रीहरुले आफ्नो मर्यादा भुलेर होटल होटलमा पुगेर विदेशमन्त्रीलाइ हाजिरी दिन पुगे ।
असोज ३ गते संविधान दिवस, त्यसदिन अतिथि बनेर आउलान् त मोदी ? चुनावलाई स्वागत गरेका मोदीले संविधानमा लालमोहर ठोक्लान् त ?
ओली सरकार हौसिएको छ र भनिरहेछ, यसपटकको संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाइनेछ । अहिलेसम्म संविधानलाई नेपालीले नै अपनत्व स्वीकार गरिसकेका छैनन् भने भारतले स्वागत गरेको पनि छैन । भारत खुशी भएको भए तत्काल यसको जवाफ आइसक्थ्यो । मोदी नेपाल आउन नेपालले गुरुभेटीका रुपमा नेपालको राष्ट्रिय स्वार्थको बली चढाउनु पर्ने त होइन ? आशंका छ ।
मोदी लुम्बिनी भ्रमण गर्न चाहन्छन् । चीनलाई जोल्ट दिन दलाई लामालाई लुम्बिनीमा उतार्न चाहन्छन् । कोशी उच्च बाँध भारतको नदी जडान योजनाको मुख्य एजेण्डा जो पुरा गर्नैपर्ने आवश्यकता छ । के नेपाल मोदीलयमा मग्न भएर मोदीका माँगहरु पूरा गरेर मोदीलाई माइवापका रुपमा नेपालमा उतार्ला ?
स्मरणीय छ, २०५५ सालमा भारतको गणतन्त्र दिवसमा राजा वीरेन्द्र भारतको प्रमुख अतिथि बनेका थिए । मोदी आए भने अर्को
घटना हुनपुग्नेछ । स्वयम् प्रम ओली सिंगापुरमा लामो स्वास्थ्य परीक्षणमा छन् । उनको स्वास्थ्यमा सुधार हुँदा उनी अझै कमजोर हुनेछन् असोज ३ सम्म । यो स्थितिमा गर्मजोशीका साथ भारतका प्रम मोदीको स्वागत हुनसक्ला र ? कुटनीतिक बृत्त अझै आश्वस्त भइसकेको देखिदैन ।
भारतीय विदेश मन्त्री एस जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेसका शेरबहादुर देउवा र उनका टिमका शशांक कोइराला, नाराण खड्का, दिनेश भट्टाराई तथा बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई भेट गरेर फर्केका छन् । मन्त्री एस जय शंकर पशुपति दर्शन गरेर र नेताहरुलाई दर्शन दिएर फर्केका थिए ।


