Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भ्रष्टाचार देख्दा लाजमर्दो भयो

०९ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपाका होनहार र सही बोल्ने नेता घनश्याम भुसाललाई पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले पाखा लगाएको अवस्था छ । तैपनि उनी भन्छन्– नेकपाको सरकारमा भएको भ्रष्टाचारको व्यापकीकरण देख्दा आफूलाई कम्युनिष्ट भन्न पनि लाजमर्दो हुनथालेको छ । खान पनि राजा र कांग्रेसले खाएको भन्दा बढी बढी पनि खान थालेका छन् ।
भुसालले स्मरण सुनाए– केही दिनअघि एकजना साथीले मलाई सोधे( भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं । पार्टीमा त त्यो वर्ग नै छैन । कहाँ गयो त्यो वर्ग ? यसको नेकपामा एउटा नयाँ वर्ग सिर्जना भएको बुझाउँछ । यो यस्तो वर्ग हो जो दलाल पुँजीवादको जुत्ता र समाजवादको टोपी लगाउँछ । समाजवादको टोपी लगाएर हुने फाइदा लिन्छ । तर दलाल पुँजीवादले जता लैजान्छ त्यतैको बाटो हिँड्छ । भुसालको यो सत्य कथन नेकपाको पंक्तिले कति बुझ्यो होला ?
खतरनाक खालको बर्ग उत्पन्न भएको छ । चुनौति धेरै छन्, बहस शून्य छ । यो शून्यताले राष्ट्रिय पुँजीको विकास, लोकतन्त्र र समाजवादको तयारी सम्भव छैन । राजाको जुत्ता लगाएको कम्युनिष्टले त्यही बाटो हिड्यो, समस्या यही हो ।
अव समाधानको उपाय वामपन्थ खोज्न अबेर गर्नुहुन्न । अवसर छन्, वाम जनमत पनि छ । प्राप्त जनसमर्थन पनि छ । दुई तिहाइ । स्थानीय र प्रदेश सरकारमा व्यापक उपस्थिति, संगठन । ठूलो विद्रोही पंक्ति पनि छ । 
पार्टीभित्र गुटको हो कि होइन भनेर खकार टेस्ट गर्ने अवस्था आयो, मूल्यांकनको विधि भएन, गुटका मठाधीश बलिया भए । यसकारण अव सबैले गम्भीर भएर सोच्ने कि ?