Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतले सिक्किम बनाउँछ त ?

०२ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । भोली भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् र यही बेला पारेर नेपाली कांग्रेसका दिग्गज नेता तथा भारतविज्ञसमेत रहेका प्रदीप गिरीले ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर बोलेका छन् । यस्तो चेतावनी दिने गिरीले यस विषयमा नेपाली कांग्रेसभित्र किन बहस गरेनन्, देश बचाउने जिम्मेवारी नेकपाको मात्र हो र ? देश हामी सबैको हो र काश्मिर खाएझैं नेपाल खाने संकेत गिरीले पाएका हुन् भने यस विषयमा संसद र आमनागरिकमा समेत देशरक्षाका बारेमा चेतना जाग्नुपर्छ ।
संसदको अन्तर्राष्ट्रिय समितिको बुधवारको बैठकमा भारतले सीमा अतिक्रमण गरेको, दशगजा मिचेको, असमान सन्धिलगायतमा कुरा उठ्दा समिति सदस्य प्रदीप गिरीले भारतको आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिन्छ भने । यति गम्भीर विषयको उठान गर्दा एउटा कानले सुनेर अर्को कानले उडाइयो ।
यही बैठकमा नेकपाको सरकारतिर इंगित गर्दै गिरीले सिमानामा काँडे तार लगाउने, बिस्तारवादविरुद्ध सुरुङयुद्ध गर्ने नेताहरु सत्तामा छन्, उनीहरु भारतका आपत्तिजनक गतिविधिमा टाउको हल्लाएर बसेको आरोप समेत लगाएका थिए । गिरीले समयमै कूटनीतिक क्षमता देखाउन सुझाव दिए, उनको सुझाव ४ गते नेपाल भ्रमणमा आउने भारतका विदेश सचिवस्तरमा वार्ताका लागि हुनसक्छ । तर सरकारले प्रदीप ज्ञवाली, जो कूटनीतिमा कखरा जान्दैनन्, उनको परराष्ट्रनीतिमा निर्भर रहेको देखिन्छ । यही कमजोर कूटनीति सुधार्न गिरीले झ्याली पिटेका हुन्, झ्यालीको आवाज सरकारले सुनेको छैन ।
गिरीले पटक पटक कूटनीति चुनावी भाषण होइन भने । राष्ट्रको सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो भनिरहदा कांग्रेसीहरु पनि सुनिरहेका थिए ।