Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राप्रपा एकता ः फुटेको हाँडी जोडिएन

०२ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । मुखले समान विचारधारा भएका दलहरुसँग एकता गर्ने निर्णय र प्रयासबारे राप्रपा र राप्रपा संयुक्तले निकै लामो छलफल गरे पनि त्यो सफल हुन सकेको छैन ।
एकतामा पार्टीमा हैसियत कसको कति हुने भन्ने विषयमा नै कुरो नमिलेपछि राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर एकताको दोबाटोबाट फिर्ता भएका छन् । अध्यक्ष थापाले पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीसँग अलग अलग भेटवार्ता गरेर फर्केपछि ट्वीट गरेका छन्– एकता हुनेबारे म उत्साहित हुनसकिन । पार्टी एकताका सम्बन्धमा हाम्रो प्रयास जारी रहनेछ । फुटेको हाँडी जोडिन्न भन्ने लोकोक्तिजस्तै राप्रपा अर्थात पूर्वपञ्चहरु को शक्तिशाली बन्ने विषयमै अड्किएका छन् ।
हिन्दुराष्ट्र र राजतन्त्रसहितको गणतन्त्रमा सहमति भइसकेपछि नमिलेको के होला भनेर सोधेको एक प्रश्नमा पशुपतिशमशेर जबरा र डा.लोहनीले कमल थापालाई अधिवेशनमा अध्यक्षता छाड्नुपर्ने सर्त तगारो तेस्र्याएपछि एकता भाँडिएको छ । पछिल्लो समय नेकपामा जस्तै राप्रपामा ३ अध्यक्षको व्यवस्था गरेर एकीकरण गर्ने र शक्तिको बाँडफाँड गर्ने विषयमा कुरा उठेको, यसमा पनि कुरा नमिलेको बुझिन्छ ।