Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सभाध्यक्ष झण्डै श्री ३ बनेका

२१ सोमबार , पौष २०७११० बर्ष अगाडि

नयाँ संविधान मै लेखिदिन्छु, मलाई देउ विशेषाधिकार भनेर सभाध्यक्ष सुवास नेम्वाङले प्रस्ताव त राखे, संविधानसभाभन्दा शक्तिशाली बन्ने सुवास लालसाका पछाडि को छ, कसले उनलाई यस्तो डरलाग्दो प्रस्ताव गर्न उक्सायो भन्ने विषयमा पार्टी र नेताहरु अनुसन्धानमा जुटेका छन्।  एमाओवादीले तत्काल विरोध गरेको थियो। घिच्चुकमा बुद्धि भएको कांग्रेसले ठान्यो– पार्टीहरुको सल्लाहमा मस्यौदा बनाउने भनेको होला। तर, कुरो त्यसो होइन रहेछ। सुवास नेम्वाङले त ठूला पार्टीको पञ्जाछाप लिएर श्री ३ बन्न पो खोजेका रहेछन्। कांग्रेसले बुझ्यो, एमालेले बुझ्यो र सुवास नेम्वाङलाई यस्तो लोकतान्त्रिक राणा बन्न कसले उक्सायो भनेर आत्तिदै खोजबिनमा जुटेका छन्। सहमति हुनसकेन, प्रक्रिया अघि बढ्न सकेन, यी सबै षडयन्त्र सुवास नेम्वाङ र उनका पछाडिकै शक्तिको भएको बुझियो।