Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रचण्डको चेतावनी किन ?

२० सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । ३ तोला सुन र एक कठ्ठा सम्पत्ति देखाउने प्रचण्डले झण्डै ५० लाखको दुवई धुमधाुमको घुमघाम सकेर फर्कनासाथ रामेछाप पुगेर पूर्वराजालाई धम्क्याए– ज्यादा चुरीफुरी गरे नागार्जुनबाट निकालिन्छ । जनआन्दोलनका बेलामा शरण पर्न आएकाले संरक्षण दिएको हो, बकबक गरिरहे जनताले नागर्जाुनबाट निकाल्ने भनेर चेतावनी दिएका छन् ।
प्रचण्डले कुन जनताको कुरा गरेका हुन् कुन्नी, जनता त राजा आउ देश बचाउ भनेर नारा लगाइरहेका छन् । लोकप्रियताको मापन गर्ने हो भने नेकपाको सरकार, नेता र पार्टीको हैसियत ह्रासोन्मुख देखिन्छ ।
प्रचण्डमा जनयुद्धकालीन बन्दुके धङधङ्गे अझै बाँकी रहेको हो कि ? अन्यथा सहमति र सहकार्य गरेर अलोकप्रिय सरकार र पार्टीलाई देशहितमा लगाउनु पर्नेमा यस प्रकारको असंसदीय भाषा बोलेर प्रचण्डले आफूमा अझै क्रान्तिकारिता बाँकी रहेको झल्को दिन खोजेका हुन् कि ?
विश्लेषकहरु नागरिकका रुपमा बसेका छन्, कर तिरेका छन्, पूजाआजा गरेका छन्, भेट्न आउने जनजनलाई भेटेर तिनका कुरा सुनेका छन् । सत्ता विद्रोह गर्ने कुनै इच्छाशक्ति देखाएका छैनन्, उनैमाथि प्रचण्ड खनिनु भनेको कतै पारिवारिक पीडाले मानसिकता खलबलिएको त होइन भन्छन् ।
पुलको उद्घाटन गर्दा राजनीतिक क्रान्तिकारिताको भाषण । यस्तै गरे प्रचण्डले । प्रचण्डको अभिव्यक्ति थियो– राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेका छन् । यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ । प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न आग्रह पनि गरे । तर प्रश्न उठ्छ, जनताको त्याग र बलिदानको सम्मान गर्नुपर्ने पहिलो दायित्व पार्टीहरुको, नेताहरुको होइन ? उनीहरुले देशलाई किन भ्रष्टाचारमय बनाएका ? किन नैतिकहीन चरित्र देखाएका ? संविधानलाई खेलौना बनाएर अदालतलाई समेत राजनीतिकरण गर्नेले बकबक गरेको हुने कि जो अनुशासित शान्त जीवन यापन गरिरहेको छ, उसलाई बकबक गरेको भन्ने ? नेपालीमा उखान छ– बिरालोलाई रिस उठ्यो भने खाँवो चिथोर्छ ।
कमल थापा र  फेरि कमल थापा
शनिवार राप्रपा अध्यक्ष कमल थापाले सरकार फेरेर देशको समस्या समाधान नहुने भन्दै व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । सक्रिय राजतन्त्र होइन, संरक्षक राजतन्त्रको वकालत पनि गरेका थिए । यति नै बला राजतन्त्रवादीहरु संगठित र सक्रिय भइरहेको अवस्था पनि हो । यो सब देख्न नसकेर प्रचण्डले आक्रोश राजामाथि पोखेका हुन् ।
प्रचण्डको बयान आएपछि राप्रपा अध्यक्ष कमल थापाले प्रतिक्रिया ट्ीट गरेका छन्– पदीय मर्यादा विपरित हास्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको 
आक्रोश । राम्रो काम गरेर जनताको मन  जित्नोस्, राजा वा कसैप्रति आक्रोश देखाउनै पर्दैन । सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ । समय मै बिचार गरौं । जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहांउदैन ।
यसैवीच अर्का विश्लेषकले भनेका छन्– जसले लेण्डुप, प्रचण्ड, बाबुरामलाई आदर्श मान्छ, ऊ आफ्नो अनुहार हेर्दैन र राजतन्त्रलाई तानाशाह नै देख्छ ।
राजाले बनाएको मुलुकमा नेतागिरी गर्ने अनि भ्रष्टाचार मच्चाएर क्रान्तिकारी पल्टने । जनता लाटा होलान् र ? अमेरिकाको मियामी युनिभर्सिटीका प्रा. डा. जनार्दन सुवेदीले लेखेका छन्– प्बकभि पबकबिबष् पबजबबल दबबत्ब पबतष्दभबिब लष्पबबलिभ जगल, लष्पबबभि उबअजजष् तजबजबब जयबिब। तथभकदबजभप पय पय बिबष् पबकपबकभि प्बजष्भि पगलत्जबबगलmबब वजगलमथबबगलभ जगल तभकपय जष्कबबद तब दबबलपष् लबष् जयबिब।।
संविधानविद भीमार्जुन आचार्यका अनुसार संघीयताले देश टुक्रिन्छ, ओलीजी जाने, गणतन्त्र पनि जाने खतरा छ । नेपालका अन्य विज्ञ विशेषज्ञहरु भन्छन्– जनतामा नैराश्यता बढ्यो, संघीयता त्यागेर सहमति र सहकार्यको राजनीतिको विकल्प छैन । चेतावनी र विभेद निषेध र दुर्भावना राखेर नेताको स्तरमात्र घट्छ । नेताहरुले राजनेता बन्ने अवसर गुमाउनु हुन्न । लोकतन्त्रलाई नेतातन्त्र बन्नबाट जोगाउनुपर्छ ।