काठमाडौं । बुद्धिजीवी भरत दाहालको देशभक्ति यसरी बोल्न थालेको छ कि देशबिरोधीलाई कडा शव्द प्रहार गरेर सिकिस्तै पार्छन् । ओली र प्रचण्डको दुबई र सिंगापुर भ्रमणलाई पनि भरत दाहालले राजनीतिक विश्लेषण गरेका छन् ।
भरत दाहाल भन्छन्– केपी ओली र पुषपकमल दाहाललाई दुबई र सिंगापुरमा केरकार भयो । पहिले पुष्पकमललाई कामको सपथ ख्वाएर त्यस अनुसार ओलीसंग वार्र्गेिनङ गर्ने योजना अनुसार दाहाल दुबईबाट फर्कने दिनमैें ओलीलाई सिंगापुर बोलाईएको छ । दाहाललाई बचनबद्ध गराउने रणनीतिक हतियारका रुपमा अहिले ‘हेग’को समाचार छाएको छ । जसले ‘हेग’को हौवा चलाईरहेका छन्, ईमान्दार भएको भए आजसम्म ‘हेग’मा मुद्दा दर्ता गरिसक्थे । तिनीहरुको धन्धा प्रचण्डलाई तर्साएर ईण्डो–पश्चिमाको पक्षमा काम गर्ने वातावरण बनाईदिनु मात्र हो ।
भेनेजुयलाका राष्ट्रपति मदुरोका पुत्रको नेपाल भ्रमणपछि ‘ईण्डो–प्यासिफिक रणनीति’का नाममा पहिले गरेका बाचाहरु तोडेको भनेर यूरो–अमेरीकन साम्राज्यवादी ब्लक आगो भएको छ । दलालहरु सिनो–रसीयन शक्तिको डरले यसलाई नजरअन्दाज गरेर अघि बढ्न सक्ने हालतमा पनि छैनन् । ओली र दाहाललाई केरकार गर्न सिआईए र रअले आ–आफ्नै नेटवर्कहरु परिचालन गरेको सूचना प्राप्त भएको छ । तर यी दुई जना दलालसंगको भेटघाटको योजना सिआईए र रअको समझदारस्मैं भएको बुझिन्छ । तिनीहरुको साझा चासो चीन र बिआरआई परियोजना हुन् भन्ने कुरा छर्लङ्ग छ । बुझ्नेले बुझेका छन् ।
बिआरआई परियोजनालाई अगाडि नबढाउने, ईण्डो–प्यासिफिक रणनीतिमा सामेल हुने, तिब्बती शरणार्थीहरुलाई चीनमा राजनीतिक अधिकार दिने, सार्कलाई अगाडि नबढाउने, बिमस्टेकमा सैन्य साझेदारी गर्ने र दक्षिण चीन सागरको विवादमा चीनसंग मतभेद राख्ने केही आशियान देशहरुको पक्षमा भूमिका खेल्नु पर्ने, नागरिकता विधेयक पारित गर्नु पर्ने लगायतका मुद्दामा केरकार गरिंदै छ । ओली र दाहालसंगको भेट रअसंगको सहमतिमा सिआईएले तय गरेको कुरा थाहा भएको छ । रअ प्रमूखले काठमाडौंमा दिएको गाईड लाईन अनुसार बुँदागत कुरा हुने संभावना देखिन्छ ।
यी २ दलालको भेटघाट कार्यक्रमको चुरो विषय
नेपालमा अराजकता फैलाएर बिग्रेको परिस्थितिलाई आफ्नो काबुमा लैजाने रहेको छ । या त चीन र नेपालका विरुद्धमा ओलीको प्रतिबद्धता या दाहाल मार्फत् सरकार गिराएर अराजकता फैलाउने । यसैको हिसाबकिताब आँकलन गर्न पहिले दाहाललाई भेटेर बचनबद्ध गराउने र त्यसपछि मात्र ओलीसंग वार्गेनिङ गर्ने रणनीति बनाईएको देखिन्छ । स्मरणरहोस् ओलीलाई कुनै पनि डाक्टरले सिंगापुर जान सिफारिस गरेका छैनन् ।


