Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्थलगत रिपोर्ट ः हत्या नै हो

२० सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

  काठमाडौं । मानवाधिकारवादीको रिपोर्ट भन्छ– कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको प्रमाण पाइएन । यो रिपोर्टले ओली सरकारमाथि नैतिक प्रश्न खडा गरेको छ । कुमार पौडेल असार ५ गते लालवन्दीको लखन खेलामा मारिएका थिए । उनको हात भाँचिएको थियो, पेस्तोल खल्तीमा थियो र उनलाई गोली लागेको देखिन्थ्यो । विप्लव माओवादीले कुमार पौडेललाई नियन्त्रणमा लिएर मारेको आरोप लगाएको छ, सरकार दोहोरो भिडन्तमा मारिएको भनिरहेको छ ।
    एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र केन्द्र इन्सेको रिपोर्टले सरकारी भनाईलाई झूठो बयान देखाएको छ । विप्लव माओवादीका नेता कार्यकर्तामाथि ओली सरकार ज्यानमार्ने तरिकाले लागेको यो पछिल्लो प्रमाण बन्न पुगेको छ ।
अनुसन्धानकर्ता संस्थाले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपश्चात् गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेकाले यस घटनाको निष्पक्ष अनुसन्धानका लागि छुट्टै उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माँग गरेको छ । राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धान रहस्यमय तरिकाले गुपचुप राखिएको छ, सार्वजनिक भएको छैन ।
सञ्चारमन्त्तीको आक्रोश
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका सबैभन्दा निकट मानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव माओवादीलाई गिज्याएका छन् ।
‘१० वर्षे जनयुद्धमा बन्दुकले हारेकै हो, विप्लव माओवादी त्यहाँसम्म पनि पुग्न सक्दैन ।’ सरकार वार्ता गरौं भनिरहेको बेलामा उनीहरुले गरिरहेको गतिविधि पार नलाग्ने किसिमको छ ।
आइतवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटालेविप्लव समूहको पछिल्लो गतिविधिले धमिलो पानीमा माछा मार्नेहहरुलाई प्रोत्साहित पार्ने काम गरेको छ ।  सरकार इमानदार छ, लोकतान्त्रिक बाटोमा आउने भएसरकार वार्ताका लागि सधैं तैयार छ भन्ने सूचना दिए । मन्त्रीले विप्लव समूहलाई रुमानी सपनामा अलमिलएको समूह भन्दै फर्कनु राम्रो बताए ।
मन्त्रीले कडा कुरा गर्दै भने– भड्केको आत्मा होला । जनयुद्धमा शान्ति, लोकतन्त्र केही जितेन, विप्लव समूहले बुझ्नुपर्छ हिंसा पराजीत भइसक्यो ।