Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भाजपाको हिन्दुअभियान सुरु भएकै हो ?

१३ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । उत्तरप्रदेशका मुख्यमनत्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने मत राखेको केही समयमै भाजपाका प्रभावशाली नेताहरु नेपाल आउनेक्रम बढेको छ र उनीहरु नेपाल हिन्दुाराष्ट्र हुनुपर्ने विचार प्रवाह गरिरहेका छन् । नेपालका ९५ प्रतिशत ॐकार परिवार भने निदाएको छ कि जागा छ, पत्तै छैन ।
पहिले विजय जोली, अहिले सुव्रमण्यम् स्वामी । नेपाल आएर नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर बोलेनन् मात्र, यसरी प्रष्ट बोल्ने भारतीय नेतासँग प्रधानमन्त्री ओलीले विशेष भेटवार्तासमेत गरे । हिन्दराष्ट्रको माँग बढ्न थाल्यो ।
भाजपाका प्रभावशाली नेता तथा सांसद स्वामी विश्व हिन्दु संघ र वल्र्ड हिन्दु फेडरेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा प्रमख वक्ताका रुपमा सहभागी हुन शनिवार ७ घण्टाका लागि नेपाल आएका थिए ।
स्वामीले अभिव्यक्ति थियो– नेपालको इतिहाससँगै भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनु उपयुक्त हुन्छ । यसपछि प्रधानमन्त्रीसँग भेटेका स्वामीले यही कुरा गरे कि गरेनन्, स्पष्ट हुनसकेको छैन । तर प्रधानमन्त्री ओलीले आफ्नो पुस्तक माई भिजन उपहारमा थिए । स्मरणीय छ, केपी ओली प्रधानमन्त्री भएको डेढवर्षमा उनका अनेक भिजनहरु सुनिएका छन् तर ती सबै भ्रममा सिमित हुनपुगेको छ ।
गोष्ठीमा अर्का नेता तथा पूर्वसांसद तरुण विजय पनि आएका थिए । ती प्रखर वक्ता तरुणले पनि प्रधानमन्त्रीलाई भेटेको खबर छ । उनी पनि नेपाल हिन्दुराष्ट्र हो भन्ने स्पष्ट मत राख्छन् ।
हिन्दुराष्ट्र विवादको ठूलो बीउ बन्दै गएका छ । कुनै पनि बेला नेपालमा हिन्दुवादको आन्दोलन सुरु हुनसक्ने संकेतहरु विकसित हुनथालेका छन् । इसाइहरुका कारण सरकार मौन छ ।