Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकारले वार्ता चाहेन, अव प्रतिरोध

१३ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपा विप्लवले वार्ताका लागि पत्र र पक्राउ परेकाको रिहाई खोज्दा सरकारले दिएन, प्लिव समूहले प्रतिरोधको उद्घोष गरेका छ । आइतवार नेपाल प्रहरीले गरेको पत्रकार भेटघाटमा विप्लव समूहका २४ हतियार पक्राउ परेको, एकजना प्रहरी मारिए पछि विप्लव समूहका ६ जना मारिएको र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई सफलता मिलेको दावी गरेका छन् । तर विप्लव समूहका अनुसार सरकारले वार्ताको हल्ला चलाएर आफ्ना नेता कार्यकर्तालाई दमन र गिरफ्तार गर्ने काम  गरिरहेको छ, आफूहरुले त्यसको प्रतिरोध गर्नुपर्ने निचोड निकालेको छ ।
अनिल शर्मा, माइला लामा, गुणराज लोहनीमात्र होइन, डा. सुन्दरमणि र सुरेन्द्र केसीसम्मले वार्ताबाट निकास खोज्न सहजकर्ताको भूमिका खेलेका थिए । सोमप्रसाद पाण्डे, माधवकुमार नेपाल, सुरेन्द्र माण्डे, कृष्णबहादुर महरा र स्वयम् प्रधानमन्त्रीलाई उकास्नेहरुले वार्ता असम्भव गराएका छन् ।
नेकपाको स्थायी समितिको बैठक बसेर सरकारले वार्ता चाहेन, दमनको प्रतिरोध गर्ने 
निर्णय गरेको छ । यही बैठकले स्थानीय, प्रदेश र संघीय तिनैथरी सरकार भ्रष्टाचारमा डुबेको निष्कर्षसमेत निकालेको छ । माइला लामा पक्राउ गरेपछि विप्लव समूह झन आक्रामक बन्दै बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
विप्लव नेकपाको वक्तव्यमा भनिएको छ– नेता कार्यकर्ताको धरपकड र दमनको भत्सर्ना गर्दछौं । साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा) बन्द लगायतका कार्यक्रम रहेका छन् ।