Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यिनीहरुसाग बयान लिने को ?

१३ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । बालुवाटार, ललिता निवासको जग्गामा फसेका सुब्बा युक्तप्रसाद श्रेष्ठले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८औंतलाबाट हामफालेर आत्महत्या गरेका छन् । तर, यो भूमाफियाकरणको प्रकरणमा खरदारदेखि प्रधानमन्त्रीसम्म मुछिएका छन्, जो जिवित छन्, तिनीहरुसँग बयान लिने को ?
०४६ सालको परिवर्तनपछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कौइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम, खिलराज, सुशील कोइराला, केपी ओली पटक पटक प्रधानमन्त्री भए र सबै बालुवाटारको जग्गा प्रकरणमा मुछिएका छन् ।
सानालाई ऐन, ठूलालाई चैन भन्ने सामाजिक उखान छ । यही उखान बनेको छ बालुवाटारको जग्गा माफियाकरण । आफ्नो क्षेत्राधिकारसमेत मिचेर नक्कली मोही खडा गर्दै माफियासँग मिलोमतो गर्नेमा विजय गच्छदार, दीप बस्नेत र माधव नेपालसमेत मुछिएका छन् । देशका शासक नै मुछिएको यति गम्भीर विषयलाई विषयान्तर गर्न ठूला राजनीतिक व्यक्ति र शक्तिहरु सक्रिय भएका छन् । मधेशमा बाढी र सत्तामा भ्रष्टाचार उस्तै उस्तै महामारी भएको छ, छानबिन नहुनसक्छ ।