Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ओलीलाई राजनेता बन्ने अवसर

०६ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । बहुदल फाँडियो, राजतन्त्र र हिन्दुराष्ट्र ढालियो, खोदा पहाड निकला चुहा ।
संविधानसभाको नाटक मञ्चन भो, ८ वर्षमा बल्ल बल्ल २०७२ साल असोजमा फास्ट ट्य्राकबाट जारी भएको संविधान हलो न मुङ्ग्रो भो । संविधान दुर्घटनामा परिसक्यो ।
संविधान देशको मूल कानुन, कसले मानेको छ । संवैधानिक शासनका नाममा सर्वदलीय सर्वोच्च अदालत बनाएपछि देशैभरिका अदालतमा सर्वदलीय कार्यकर्ताका अनुहारहरु न्यायाधीश बनेका छन् । न्यायाधीश कस्तो हुनुपर्छ, आचारसंहिता कसैले पालना गरेका छैनन् । सेटिङ भ्रष्टाचारमा डामिएका, नेताले भागशान्ति जय नेपाल गरेर भर्ति गरेका न्यायाधीशहरुको नियुक्ती, सरुवा, थमौती, कारवाहीका नाटक पनि देखियो । अदालतमा बिकृति र बिसंगति छ, सुधार्नुपर्छ भनिन्छ, सुधार्ने कहिले कसले ? मीठो कुरा गर्ने, बिधिको शासनको वकालत गर्नेहरु व्यवहारमा भ्रष्टाचारको पोखरीमा नुहाउने गर्छन् । अदालतमा आइएनजीओ छिरेका छन्, जति पनि संवेदनशील निकायहरु छन्, सबैतिर विदेशी चासो र भ्रष्टाचार व्याप्त छ । संविधानले काम गरेन कहाँ छ संवैधानिक शासन ?
बालुवाटारको जग्गा प्रकरणमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको बयानले पूर्वप्रधानमन्त्रीसम्म पोलिए । प्रतिपक्षीका नेतासमेत पोलिएका छन् । नेकपाका महासचिव नै यसमा संलग्न छन् । अनुसन्धान र कारवाहीको नाटक गरेर के हुन्छ ? कारवाही गरेर देखाउनु प¥यो नि । सबैलाई थाहा छ, जसरी सुनकाण्डदेखि जहाजकाण्डसम्म छोपछाप पारियो, सबै अपराधका संरक्षक प्रधानमन्त्री बनेका छन्, यिनी नेपालकोइतिहासमा सबैभन्दा कलंकिन प्रधानमन्त्री बन्नेवाला छन् ।
यसकारण लोकतान्त्रिक गणतन्त्र फेल भो । एमाले र माओवादी मिलेर बनेको नेकपा फेल भो । कांग्रेसको समाजवाद फेल भो । यी सबैको प्रतिफल देशले दुःख पायो, जनताले दुःख पाए ।
राजतन्त्र र हिन्दुराष्ट्रलाई माइनस गर्दा द्वन्द्व बढेको छ । यसमाथि विप्लव, बैद्य माओवादी शान्ति व्यवस्थाका लागि सबैभन्दा ठूलो समस्या हो ।
यी समस्यालाई बरदान बनाउने हो भने विप्लव माओवादीका सर्त मानेर वार्ता गर्नुपर्छ र राजतन्त्रलाई खोपामै भए पनि स्थान दिनुपर्छ । राजतन्त्र अहिले पनि राजनीतिक शक्ति हो । हिन्दुराष्ट्र ९४ प्रतिशत जनताले मान्ने धर्म हो । यी दुई कुरालाई सही स्थान र सम्मान दिन सकिएन भने संवैधानिक शासन व्यवस्था कायम हुनैसक्दैन । अहिलेको सबैभन्दा ठूलो दुर्गुण भनेको कम्युनिष्टको कमाउने प्रतिस्पर्धा हो । जहाँ कमाउने प्रवृत्ति हावी हुन्छ, त्यहाँ नियम, कानुन, नैतिकताले काम गर्दैन । हुने भ्रष्टाचार नै हो र भ्रष्टाचार बिधिको शासन कायम हुनै दिदैन ।
नीतिले काम गर्दैन, निष्ठा कसैमा रहदैन, जवाफदेहीता कसैले लिदैनन् । अहिले भएको यही हो । यसकारण राजतन्त्र  हिन्दुराष्ट्र सहितको लोकतान्त्रिक गणतन्त्र– अव यता जाउँ । मारेर बाटो खुल्दैन ।
प्रधानमन्त्री केपी ओलीका सामु भ्रष्ट, उखाने, हल्काफुल्का बोल्ने, सपना देख्ने केही नगर्ने छवि सुधारेर राजनेता बन्ने, देशको ऐतिहासिक प्रधानमन्त्रीको सम्मान आर्जन गर्ने अवसर छ । यो अवसर गुमाउँदा प्रम केपी ओलीका सामु केही पनि नरहने देखिन्छ । इतिहास बनाउने इच्छाशक्ति देखाउने कि ?