काठमाडौं । निजामती, सेना, प्रहरी, सार्वजनिक संस्थानहरु र बैंकवित्तीय संस्थाहरुमा जाली प्रमाणपत्र, विदेशी नागरिकता र स्वेच्छिक अवकाशलाई कडाइ गर्ने हो भने २० हजारभन्दा बढी पद खाली हुन्छ भन्छन् एक विज्ञ । यसका लागि सरकारले एउटा सुचना प्रकाशित गरेर छानबिन थाल्ने हो भने जालीहरुको धमाधम पद खाली गर्न थाल्नेछन् । सानादेखि ठूला पदहरुमा होनहार युवालाई जिम्मेवारी दिने हो भने समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनथाल्नेछ । युवालाई सवलीकरण र निगरानीको जिम्मा दिउँ, जाली प्रमाणपत्र, नागरिकता छानबिन गर्न शक्तिशााली
न्यायिक छानबिन आयोग गठन गरौं । आफ्ना पराया पन्छिन्छन्, राम्रा र हाम्रा देश निर्माणमा लाग्छन् । दुई तिहाइमा इच्छाशक्ति छ भने ढाडमा हाड देखाउँ त ? यस्तो माँग युवाहरु नै गर्न थालेका छन् ।
कर्मचारी र नेताको सिण्डिकेटले भ्रष्टाचार बढायो । सुशासनको ठाउँमा कुशासन मौलाउनुको कारण, दुई तिहाइको सरकार गनाउनुको कारण पनि यही हो । नेकपाको साख घट्यो, मुलुक झन झन अव्यवस्थित अराजक हुनथाल्यो । नेकपा सच्चिने अन्तिम अवसर यही हो ।


