Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अमेरिकी नीतिको खुलासा

०६ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । नेपाल युएस एलमुनाइ नेवावर्क अर्थात नुसानको शुक्रवारे कार्यक्रममा अमेरिकी महामहिम राजदूत ¥याण्डी बेरीले एकपल्ट फेरि हिन्द प्रशान्त रणनीतिबारे प्रष्ट पार्दै भनेका छन्– खुला र नियममा आधारित स्वतन्त्र हिन्द प्रशान्त क्षेत्र प्रवद्र्धन गर्न खोजिएको हो, यही रणनीतिमार्फत नेपाललाई थप बलियो र सम्पन्न पार्न चाहन्छौं । महामहिम बेरीकै शव्दमा ‘कूटनीतिक सम्बन्ध स्थापनादेखि आजसम्म सरकारी र जनस्तरको सम्पर्क सृदृढ गर्दै आएका छौँ ।’
  नेपालको संस्कृति संरक्षण र पूर्वाधार विकासमा २० करोड डलर र मिलेनियम च्यालेन्ज कोअपरेसनमार्फत ६३ करोड डलर पञ्चवर्षीय योजनामा खर्च गरिने र यसबाट नेपालको विकासमा निकै फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । यही कार्यँक्रममा श्रीधर खत्रीले कूटनीतिक पारामा भनेका छन्– नेपालले चीनको बीआरआई, इण्डो प्यासिफिक रणनीति  र सार्कमा आफ्नो
 हित खोज्नुपर्छ । सबैसँग सम्बन्ध विकास गरेर आफ्नो दीर्घकालीन नीतिमा चल्नुपर्छ । यही मञ्चमा निश्चल नाथ पाण्डेले भारत र चीनको सहकार्यलाई नेपालले अनुकूल प्रतिकल विचार गर्नुपर्ने सुझाए ।