काठमाडौं । लोकतन्त्र कति ठूलो मजाक हो भन्ने यही समाचारले प्रष्ट पार्छ । लोक सरकार सुखी नेपाली, समृद्ध नेपाल बनाएर छाड्ने भाषण गर्छ, युवतीहरु केन्या पुगेर यसरी दाश जीवन बिताउन बाध्य छन् । अवसर दिएको भए, गरी खान पाएका भए यी युवतीहरु यसरी केन्यासम्म पुगेर नारकीय जीवन बिताउन बाध्य हुन्थे होलान् ? लोक सरकारको काम यही हो ?
यसरी नेपाली युवती केन्यामा दास बन्दैछन् भनेर समाचार आइरहदा महिला अधिकारकर्मी किन बोल्दैनन्, राष्ट्रिय मानवाधिकार आयोगले यसबारेमा सरकारको ध्यानाकर्षण किन गर्दैन र, आधा आकाशको यो दुर्गति रोक्न नागरिक समाज, बुद्धिजीवीहरु किन अगाडि आएका छैनन् ? नया“ नया“ बम्बै बन्दै जानु नै लोकतन्त्र हो ?


