काठमाडौं । काठमाडौं । अचम्म, चुनाव हारेर पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिनिधित्व गर्दै संसदमा गणतन्त्र
कार्यान्वयनको प्रस्ताव लाने कांग्रेसी नेता कृष्णप्रसाद सिटौलाले संघीयता चल्न नसकेर दिनदिनै कमजोर भइरहेको छ र संघीयता बिघटनमा जान थालेको बताएका छन् । यी तिनै नेता हुन्, जो झापाको जोरसिमलको जुत्ता व्यापारी भनेर चिनिन्छन् र यिनको कलकत्तामा व्यापार छ । यिनी त्यतिबेला प्रचण्डका मुखबीर थिए, आज यिनी चुनाव हारेर कांग्रेसभित्र एउटा सानो गुट चलाएर बसेका छन् । छिटै यिनले हिन्दुराष्ट्र र राजसंस्था चाहिन्छ भन्न सक्छन्, आश्चर्य हुनेछैन ।
यिनको ठूलो चिन्ता भनेको सत्तापक्ष र विपक्ष छ तर गणतन्त्र सुदृढ हुन सबै एक ठाउँमा आउनुपर्ने हो, त्यो हुनसकेन । सिटौलाकै शव्दमा– केन्द्र र स्थानीय सरकारले पनि राम्रोसँग काम गर्न सकेनन्, तीनै तहमा ठूला भ्रष्टाचार र कमिसनका खेल हुन थाल्यो । त्यसैले जनता निराश छन् । वाइडबडी विमान, बुढीगण्डकी जलविद्युत जस्ता ठूला भ्रष्टाचारका विषय संसदमा प्रवेश गर्दा टुंगोमा पुग्न नसकेको भन्दै नेता सिटौलाले भने, ‘राज्य सञ्चालन गर्नेहरुको काम गर्ने क्षमता नभएका कारण व्यवस्थाप्रति नै निराशा बड्यो ।’
हतारमा र सत्ता स्वार्थमा आँखा नदेख्ने नेताहरु यसैगरी फुर्सदमा पछुताउने गर्छन्, जसरी कांग्रेस पछुताएको छ ।


