Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पौडेल हत्याको बदला लिइन्छ ः विप्लव

०९ सोमबार , असार २०७६७ बर्ष अगाडि

सर्लाहीको इन्काउण्टर विचारमाथिको हत्या हो । विचारमाथिको गोली न हिजो सफल भयो, न आज सफल हुन्छ, न भोलि नै सफल होला । राजनीतिक कायरहरु सत्ता टिकाउनका लागि विचारमाथि यसरी गोली हानेर मान्छे मार्ने हुकुम दिन्छन् भने यस्ता फर्मानेहरुलाई लोकतान्त्रिक मुखण्डो लगाएर सत्तामा बस्ने अधिकार छैन ।
समस्या जनतामा छ, जनताले जे गरे पनि हुन्छ भन्ने शैलीमा चुप लागिदिंदा जनताको मत लिएर जनतामाथि यसरी गोली हानिदैछ, यो नितान्त जंगलीतन्त्र हो । यस्तो जंगलीतन्त्रलाई जनताले नै रोक्नुपर्छ, यो लोकतन्त्र हुनैसक्दैन ।
किाठमाडौं । सर्लाहीमा विप्लव माओवादीका कुमार पौडेलको मृत्यु जवाफी कारवाही गर्दा दोहोरो भिडन्त भएको र सोही भिडन्तका कारण भएको सरकारी भनाइलाई नकार्दै टाउकामा गोली हानेर मारिएको आरोप लगाउँदै विप्लव माओवादीले आज देशव्यापी बन्दको आयोजना गरेको छ ।
गत विहिवार विज्ञप्ति नै निकालेर विप्लव माओवादीले भनेको छ–  सर्लाहीको लालबन्दी वडा नम्बर १ लखन्ती खोलामा साथी कुरेको अवस्थामा नियन्त्रणमा लिएर एक गोली हातमा र एक गोली टाउकोमा प्रहार गरेर कुमारको हत्या गरिएको प्रचार छ ।
नेपाल प्रहरीका डिआइजी विश्व पोखरेलले चारजना मोटरसाइकलमा आएको र आक्रमणको जवाफी कारवाही हुँदा एकको मृत्यु भएको र ३ जना फरार रहेको बताएका छन् । यो घटना लालबन्दीको जंगलमा भएको हो । यो घटनासँगै विप्लव माओवादीका दुई जनाको हत्या भइसकेको छ ।
नेकपाका जनकपर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति अनुसार– ’केपी–पिके सामाजिक दलाल सरकारले‘ कायरतापूर्वक हत्या गरेको छ । नेपाल कम्युनिस्ट पार्टी गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिरोधको क्रममा शैक्षिक हडताल गर्दै आज नेपाल बन्दको आह्वान गरेको हो ।
सरकारले प्रतिवन्ध लगाएको नेकपा विप्लवका झण्डै ६ सय कार्यकर्ता जेलमा छन् । तिनलाई सकस दिइएको दावी गर्दै ती सबैको रिहाइको माँग गरिएको छ । विप्लवका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको सरकारले गैह्रन्यायिक गिरफ्तार, हत्या गर्ने श्रृंखलाले राष्ट्रिय अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरु चिन्तित छन् ।
राष्ट्रिय मानवाधिकार आयोग चिन्तित
काठमाडौं । अध्यष अनुपराज शर्माले इन्काउण्टर संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने बताउँदै सरकारलाई सचेत गराएका छन् । अपराधिक घटनाका दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनुपर्छ, सजिलोको लागि इन्काउण्टर नै गरेर व्यक्ति हत्या गर्नु दुर्भाग्यपूर्ण परिस्थिति हो भनेका छन् ।
शर्माले चरी, घैंटे, भक्तपुरमा बालक अपहरणकर्तालाई इन्काण्टर गरिएका घटनामा आयोगले अध्ययन गरिरहेको बताए । कुमार पौडेल इन्काण्टरका पछिल्ला सरकारका सिकार भएका छन् । आयोगले यसबारे अनुसन्धान थालेको छ ।