Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किनकि मोदी हाम्रा मित्र हुन्

०९ सोमबार , असार २०७६७ बर्ष अगाडि

भारतले लक्ष्मणपुर बाँध, अग्लो संरचना र सडक बनाएपछि हरेक वर्ष यसरी नै नेपालगञ्जका गाउँहरु डुबानमा पर्छन् । आइतवारको वर्षाले नेपालगञ्जका बनियागाउँ, रोशनपुर, बालापुर र घोडदौडिया क्षेत्रका घर, बस्ती, बाली यसरी डुबानमा परेका छन् । १८८० खुला सीमामध्ये १७५२ किलोमिटरमा उच्च तटवन्ध बनाउने योजना भारतको छ ।
जिल्लावासी जति कराए पनि भारतीय पक्ष माथि कुरा गर्छौ भन्छन्, बेवास्ता गर्छन्, नेपाल सरकार कानमा तेल हालेर बस्छ । यसपटक नरैनापुरको गाउँ सरकारी कार्यालय नै डुब्यो । अन्तर्राष्ट्रिय नियमअनुसार ८ किलोमिटर सीमा वरपर भौतिक संरचना निर्माण गर्न पाइन्न, तर नेपालका सीमाक्षेत्रमा भारतलाई कुनै नियम लाग्दैन, सरकार बोल्दैन ।