Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सर्वोच्च भ्रष्टाचार रोक

०९ सोमबार , असार २०७६७ बर्ष अगाडि

काठमाडा । देशमा कानुनी बन्दोबस्त मिलाउनुपर्ने सर्वोच्च अदालतलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले अदालतको भ्रष्टाचार रोक्नु भनेर आग्रह गर्नुपर्ने दिन पनि देखियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले न्यायपालिकामा हुने बिकृति, बिसंगति र भ्रष्टाचार बढेको र भ्रष्टाचारका मुद्दालाई छिटो फस्र्यौट गर्न अध्यक्ष खेमराज रेग्मीसहितको टोलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नै भेट गरेर यस्तो आग्रह गरेको हो ।
प्रधानन्यायाधीश राणाले भ्रष्टाचारमाथि ध्यान पु¥याउन समय लागेको भनेर उम्किएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले न्यायपालिकाको गरिमा उच्च राख्न, न्यायपालिकाको स्वाधीनताको रक्षा गर्न, योग्य, निर्भीक तथा इमानदार न्यायाधीशलाई प्रोत्साहन गर्न एवं राजनीतिक आस्था र भागबन्डाका आधारमा न्यायाधीश नियुक्तिलाई निरुत्साहित गर्नसमेत ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा ढिलासुस्ती गर्ने र बदनियत राख्ने न्यायाधीशलाई बारवाही गरिने बचन दिएका छन् । स्वच्छ प्रतिस्पर्धाका आधारमा न्यायाधीश नियुक्त गर्ने विषयमा प्रधानन्यायाधीशले जिब्रो चपाएको अनुभव टोलीका एक सदस्यले जानकारी दिएका छन् ।
वकिलको माँग ः न्यायाधीशको प्रमाणपत्र र सम्पत्ति छानबिन गर
कानुन व्यवसायीले सम्पूर्ण न्यायाधीशको शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिनको माँग अघि सारेका छन् । अदालतमा भ्रष्टाचार मौलाउँदै गएकाले सबैभन्दा पहिला न्यायाधीशको सम्पत्ति र तिनको शैक्षिक प्रमाणपत्र छानबिन हुनुपर्छ, यो माँग राष्ट्रिय कानुन व्यवसायी अभियानले गरेको हो । अध्यक्ष नारायणप्रसाद दुवाडीका अनुसार यस्तो छानबिन नगरी न्यायालयमा शुद्धता र स्वच्छता आउन सक्दैन ।