Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कम्युनिष्ट विरुद्धको कोलाहल

०२ सोमबार , असार २०७६७ बर्ष अगाडि

डेढवर्षमै आफैले मतदान गरेर बनाएको कम्युनिष्ट सरकारप्रति जनताले यसरी मसाल बालेर सडकमा निस्किए । जनता मसालसहित निस्कनु भनेको राजनीतिक नेता र दलप्रतिको विश्वास धरासायी हुनु हो । नेकपाको दुई तिहाइको सरकारविरुद्धको यो जनविद्रोहले नेकपाले जनघात गरेको प्रमाण हो । कम्युनिष्टले जनताको कुरा सुन्छ भन्ने मान्यता अव रहेन ।

काठमाडौं । देशैभरिका जनता दिनभरि सरकारको विरोध गरिरहेका छन् र रातपरेपछि राँको बालिरहेका छन्, यो जनविद्रोह कुनै नेता, पार्टीको आह्वानमा होइन, सरकारको निर्णयका विरुद्ध स्वतःस्फूर्त रुपमा निस्केको जनआँधी हो ।
नेकपा उभिएको र नेकपाको शासनाधिकारको जग भासियो ।
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रसहितको स्थानीय, प्रदेश र केन्द्र सरकार पाल्न जनतालाई करमाथि कर थोपरिरहेको सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर संवैधानिक वाक स्वतन्त्रतामाथि अंकूश लगाउने प्रयत्न गर्दा उम्लेको देश, गुठी विधेयक ल्याएर प्राधिकरण बनाउने र धर्म, संस्कृति, संस्कार र प्रचलनलाई पार्टीकरण गर्न खोजेपछि नेकपाले गुठी संस्कार नै मास्न लाग्यो भनेर जनता जनविद्रोहमा उत्रिएका हुन् ।
त्यसै पनि बलात्कार, हत्या बढ्दै गएको थियो, त्यसमाथि तस्करतन्त्र हावी भएको, ठेकेदारतन्त्र र कमिशनतन्त्र मौलाएको थियो भने संवैधानिक पदहरु खरिद विक्री भइरहेका थिए । महालेखाले देखाएका भ्रष्टाचारमा समेत उन्मुक्ति दिने र अख्तियारजस्तो सुशासनका लागि सहायक निकायलाई सरकारले हनुमान बनाएको थियो । स्वास्थ्य विधेकमाथि देशैभरि बिरोध हुँदा पनि सरकारले जबरजस्ती गरेको थियो भने यतिबेला लोकसेवा आयोगलाई अविश्वसनीय पार्न खोजेपछि राष्ट्रपतिले लोकसेवाको विश्वासनीयता कायम राख्न भनेर लोकसेवा दिवसकै दिन बोल्नुप¥यो ।
एकातिर न्यायाधीश नियुक्तीमा राजनीतिकरण गरेर न्यायप्रति विश्वसनीयता कमजोर बन्दै जानु र सरकारले जनतालाई यसरी आन्दोलित हुनुपर्ने स्थितिमा पु¥याउनुले नेकपा कम्युनिष्टकरणमा कसरी लागेको रहेछ भन्ने जनताले बुझे ।
देशभक्तिको आडमा जनमत लिन सफल नेकपाले त्यो सफलतालाई गुमाउन पुगेको छ । नेकपाको शासनप्रति अव जनताको भरोसा रहेन, यो सरकार जनताको लागि, देशको लागि बनेको हो भन्ने जुन विश्वास थियो, त्यो विश्वास समाप्त हुनपुगेको छ ।
यो कम्युनिष्टको कोलाहलले नेकपामात्र बढारिन्छ कि नेकपाका साथै तिनका सहयोगी, साझेदार, पुष्ठपोषकहरु पनि बढारिन्छन्, भन्न सकिन्न । जनता जाग्दैनन्, जागेपछि एउटा निष्कर्षमा नपुगी जनता विश्राम लिदैनन्, इतिहास साक्षी छ । यो कम्युनिष्ट बिरुद्धको जनविद्रोहले नेकपालाई किनारामा धकेल्ने छ ।