Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मुस्ताङको झोङगुम्बा जिर्णोद्धार

०२ सोमबार , असार २०७६७ बर्ष अगाडि

काठमाडौं । अमेरिकी राजदूत सांस्कृतिक कोषमार्फत हेरिटेज एण्ड इन्भाइरोन्मेन्ट कन्जर्भेसन फाउण्डेशनले मुस्ताङको झोङ गाउँमा रहेको १६औं शताव्दीको झोङ गुम्बा जिर्णोद्धार परियोजना सञ्चालन गर्दे नेपालका लागि अमेरिकी राजदूत रेण्डीबेरीले उद्घाटन गरेका छन् । यो परियोजना अर्को वर्षको अन्त्यसम्म सम्पन्न गरिने जानकारी सार्वजनिक भएको छ । मुस्ताङ अमेरिका लगायत भारत र अन्य पश्चिमा शक्ति राष्ट्रहरुको विशेष गन्तव्यका रुपमा परिचित थलो हो । राजदूत बेरीले ७३ वर्ष लामो नेपाल–अमेरिका सम्बन्धको स्वाद लोमाङथाङतिरको टे«किङ, पर्वमहोत्सव र हिमाली परिकारपछि गफगाफबाट लिइरहेका छन् ।