काडमाडौं । स्वरोजगारका नाममा युवाकोष डुबाएको नेकपाले कार्यकर्ता पाल्ने राम्रो उपाय निकालेको छ– प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ।
पहिलेका कोषहरुको उपलव्धि के भयो ? यसको मूल्यांकन नै नगरी सस्तो लोकप्रियता र पार्टी कार्यकर्ताहरुलाई भुलाउन र राष्ट्रको ढुकुटी रित्याउने कार्यक्रमबारे विज्ञहरुले भनेका छन्– पैसाको बर्बादी, भ्रष्टाचार बढाउने कार्यक्रम हो यो ।
बरु, सिमान्तकृत समुदायका बालबालिकालाई माष्टर डिग्रीसम्म निशुल्क शिक्षा दिएर तिनीहरुको सवलीकरण गर्ने कार्यक्रम ल्याएको भए वाहवाही हुनेथियो ।
प्रधानमन्त्री र मन्त्रीहरुले थुप्रै सल्लाहकार राखेका छन्, आफन्तलाई पोस्नमात्र कि तिनीहरुले उचित सल्लाह र सुझाव पनि दिन्छन्, प्रश्न उठ्न थालेको छ ।


