Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भ्रमणले इज्जत बढेन, घट्यो

०२ सोमबार , असार २०७६७ बर्ष अगाडि

काठमाडौं । देशका प्रधानमन्त्रीको विदेश भ्रमण हुनुपर्छ, देशको व्यक्तित्व भ्रमण, छलफल, सझदारी र सम्बन्धले विकास हुने हो । प्रम केपीले ओली भारत, चीन, भियतनाम, कम्बोडिया, कोष्टारिका पछि १७ वर्षको अन्तरालमा बेलायत र फ्रान्स भ्रमण सम्पन्न गरेका छन् ।
पछिल्लो भ्रमण बेलायत र फ्रान्सको हो । बेलायतमा महारानीले भेट नै दिइनन्, पदबाट हट्न लागेकी प्रधानमन्त्ती मेले रेड कार्पेट स्वागतसम्म गरिनन् भने फ्रान्स भ्रमणमा राष्ट्रपतिले भेटेनन् ।
किन ? प्रश्न गर्दा परराष्ट्रका अधिकारीले नाम नलेख्न भन्दै प्रतिक्रिया दिए– होमवर्क नै कमजोर । प्रधानमन्त्रीका सल्लाहकारहरुको दबाबमा काम गर्दा कूटनीतिक ल्याप्स भएकै हो । परराष्ट्र आदेशमा चल्न थालेपछि नीति र निर्णयमा खेलाची हुन्छ ।
दुई तिहाइको सरकार प्रमुख । बेलायतमा पुगेका प्रधानमन्त्रीले गोर्खा भर्तीका २०३ वर्षका कुराको उठान गरे, प्रस्ताव गरे र गोर्खा सैनिकका समस्याहरुको विषयमा पनि कुरा झिके । तर बेलायतले विचार गर्ने भनाइबाहेक केही भनेन ।
प्रधानमन्त्रीको भ्रमण हातलाग्यो शून्य भएर रह्यो । रानीलाई भेट्न सकेको भए उपलव्धि हुनसक्थ्यो । गोर्खा सेनाका प्रशंसक राजकुमारको दर्शन गरे पनि गोर्खाका समस्याबारे भन्न नसक्दा शक्तिशाली भ्रमण उपलव्धिहीन बन्नपुग्यो ।
बरु, १८५०–५१ मा बेलायत र फ्रान्स भ्रमणमा गएका जंगबहादुर राणाले यति काविल सल्लाहकार लगेका थिए कि उनले के बोल्ने, के खाने, कहाँ जाने, कसलाई भेट्ने, के भन्नेजस्ता सल्लाह लिएर भ्रमणलाई सफल पारेका थिए ।
दुई तिहाइको लोकसरकार प्रमुखसँग जहाँनयाँ राणाको जति पनि विवेक नपुगेकै हो ? उनलाई परराष्ट्रविदहरुसँग सुझाव लिन किन आपत्ति भएको होला ? देशको सवालमा प्रधानमन्त्री अहंकारी नभएकै भए बेश हुने होइन र ?
बेलायती पत्रिकाले लेख्यो– नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा, भारत पछि प¥यो । बेलायती यो प्रचारले उसको दृष्टिमा नेपाल कहाँनेर प¥यो त ?